ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

संक्रमित भेटिएसँगै बन्द रहेको धनकुटा अस्पताल पूर्ण रुपमा सञ्चालनमा

२०७७ जेठ, १९  
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ईश्वर थापा

जेठ १९, धनकुटा । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई गत जेठ ४ गते कोराना संक्रमण पुष्टिसँँगै बन्द रहेको जिल्ला अस्पताल धनकुटाको सेवा पूर्ण रुपमा सञ्चालनमा आएको छ । 

आइतवार बसेको धनकुटा कोभिड–१९ कमाण्ड फोर्स र जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जिल्ला अस्पताल धनकुटालाई पूर्ण रुपमा सञ्चालन गर्ने निर्णय गरेसँगै धनकुटा अस्पताल सञ्चालनमा आएको हो । 

अस्पताल पूर्ण रुपमा सञ्चालनमा आएसँगै प्रयोगशाला, प्रसुति तथा शल्यक्रिया कक्ष, ओपीडी शाखा, एक्सरे कक्ष, इमरजेन्सी, प्रयोगशाला, सिएचएल (बालबालिकालाई खोप लगाउने स्थान), सहुलियत औषधी पसल लगायतका सेवाहरु सञ्चालन भएका छन् । 

जेठ ४ गते अस्पतालमा कार्यरत १ जना स्वास्थ्यकर्मी र जेठ ६ गते थप ३ जना स्वास्थ्यकर्मी, २ सुरक्षाकर्मी र १ स्वास्थ्यकर्मीका परिवार गरि ७ जनामा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएका व्यक्तिहरुको विराटनगर स्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ । 

जेठ ११ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ७ जना स्वास्थ्यकर्मीको टोली मगाएर अस्पताल बाहिर टेन्ट टाँगेर ओपीडी सेवा सुचारु गरिएको थियो । सोही दिन बजार क्षेत्र र अस्पतालमा सेनिटाइजर छर्किएपछि जेठ १२ गतेदेखि इमरजेन्सी र प्रसुति कक्ष सञ्चालनमा आएको थियो । 

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको परिपत्र अनुसार पूर्णरुपमा सञ्चालनमा आएको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई दुई समूहमा विभाजन गरि खटाइएको जिल्ला अस्पताल धनकुटाका सूचना अधिकारी राजन पोखरेलले बताए । 

दुई समूहलाई पालैपालो एक हप्ता अस्पतालमा एक हप्ता होम क्वारेन्टाइनमा राखिने पोखरेलको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)