ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना संक्रमितको शव व्यवस्थापनको पूर्व अभ्यास गर्दै नेपाली सेना (तस्वीरहरु)

२०७७ जेठ, १९  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

जेठ १९, म्याग्दी । नेपाली सेनाले कोरोना भाइरस संक्रमितको शव व्यवस्थापन सम्बन्धमा पूर्व अभ्यास गरेको छ । 

कोरोना महामारी फैलिएपछि मर्नेको संख्या बढ्न सक्ने र यसको सही ढंगले उचित व्यवस्थान गर्न नसकिएमा झन् महामारी फैलिने र नियन्त्रण गर्न ठूलो चुनौतीको सामना गर्नुपर्ने भएको हुँदा यस्तो अवस्था आउन नदिन नेपाली सेनाले यसको पूर्व तयारीको बेनीमा प्रदर्शन गरेको हो ।

कोरोना महामारी तथा बढ्दो संक्रमित संख्यालाई मध्यनजर गर्दै विषम परिस्थितिमा मृतकको संख्या वृद्धि भई भयावह स्थिति सृजना भएमा शबको व्यवस्थापन कसरी गर्ने विषयवस्तुमा केन्द्रित भएर नेपाली सेना श्रीबक्स गुल्म अर्थुङ्गे, म्याग्दी र बागलुङ्ग स्थित नं. २३ बाहिनी अड्डाको संयुक्त आयोजनामा बेनी स्थित खुला मञ्चमा कोरोना पूर्व तयारी प्रस्तुत गरेको हो ।

खुला मञ्चमा गरिएको सो प्रस्तुतिमा पेइसेन्ट रिसिभिङ्ग टीम (पीआरटी)ले शंकास्पद संक्रमितलाई भेट्दा, संक्रमित मृतकको शरीर व्यवस्थापन, एम्बुलेन्स तथा सवारी साधनलाई डिसइन्फेक्ट गर्ने, यस कार्यमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मीले अपनाउने व्यक्तिगत सुरक्षामा केन्द्रित रहेको थियो ।

संभावित संक्रमित र संक्रमणबाट मृत्यु भएको व्यक्तिको तथ्यांक, मुचुल्का, परिवारको सहमति, परिवारको सदस्यलाई शान्त्वना, दाहसंस्कार गर्नु अघि शब उठाउँदा र संस्कारका बेला अपनाउनु पर्ने सावधानी, मृतक बसेको स्थान (घर)को डिसइन्फेक्ट लगायतको कुरा समेटिएको थियो ।

शव व्यवस्थापनमा खटिएका नेपाली सेनाले व्यक्तिगत स्वास्थ्य सुरक्षाका लागि पीपीई प्रयोग गरिएको थियो । वास्तविक परिस्थितिमा सुरक्षा निकायबीच गरिने कारबाहीमा एकरुपता ल्याउन मद्दत पुग्ने उद्देश्यले प्रस्तुति गरिएको सेनानी सुरेश देवकोटाले जानकारी दिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर केसी , बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय, म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, स्वास्थ्य कार्यालय, म्याग्दीका प्रमुख एक नारायाण लम्साल, जिल्ला प्रहरी कार्यालय प्रमुख लगायतले अवलोकन गरेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)