ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लुम्बिनीमा पाँच हजार जना अट्ने सभा हल निर्माण हुँदै

मन्त्रिको निर्देशन पछि कामदार थपेर कामलाई निरन्तरता

२०७७ जेठ, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

जेठ २०, काठमाडौं । कोरोना भाइरसका कारण सुस्ताएको अन्तरराष्ट्रिय बौद्ध ध्यान केन्द्र निर्माणको कामले पुनः गति लिएको छ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा निर्माणाधिन पाँच हजार जना अट्ने सभा हल तथा ध्यान केन्द्रको निर्माण कार्य दुई वर्षअघिबाट शुरु भएको थियो । 

कोरोनाको कारण काममा सिथिलता आएपछि गत साता संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेश भट्टराइले स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध र स्वास्थ्य सावधानी सम्बन्धि निर्देशिकाको पालना गर्दै निर्माण कार्य लाई तीव्रता दिन लुम्बिनी कोषलाई निर्देशन दिएका थिए । 

मन्त्रीको निर्देशनपछि गत हेटौँडा र काठमाडौंबाट लुम्बिनीमा कामदार लगेर कामलाई तीव्र बनाइएको मन्त्रालयले जानकारी दिएको छ ।

सन् २०१६ को अन्तरराष्ट्रिय बौद्ध सम्मेलन मनाउँदा पानीले कार्यक्रम नै प्रभावित बनेपछि सोही कार्यक्रममा उपस्थित प्रधानमन्त्री केपी ओलीले आधुनिक र भव्य सभाहल बनाउन निर्देशन दिनु भएको थियो । 

लुम्बिनीमा हुने बुद्ध जयन्ती समारोह, आध्यात्मिक, धार्मिकलगायतका कार्यक्रम गर्न हलको अभाव भएपछि लुम्बिनी विकास कोषले दक्षिण एशियाकै नमुना सभाहल बनाउन लागेको हो । 

सभाहल तथा ध्यान केन्द्र निर्माण सम्पन्न भएपछि यो स्थल  विश्वका बौद्ध धर्म मान्ने देश मात्र नभएर अरु पश्चिमा मुलुकका अध्येता तथा अनुसन्धानकर्ताका लागि पनि आकर्षक गन्तव्य बन्ने पर्यटन मन्त्री योगेश भट्टराइले बताए । 

रू. ३८ करोड ५६ लाख रुपैयाको लागतमा ०७६ चैत ५ मै पहिलो चरणको काम सम्पन्न गर्ने गरी ०७४ चैत ६ मा सम्झौता भएपनि बुद्धजयन्तीको अवसरमा शिलान्यासको कार्यक्रम राख्दा २०७५ वैशाखबाट मात्र काम शुरु भएको थियो । 

कोरोनाका कारण निर्धारित मितिमा पहिलो चरणको काम सम्पन्न नहुने भएपछि कोषले आगामी असारसम्मका लागि अवधि थप गरेको विकास कोषका सदस्य सचिव ज्ञानिन राइले बताए । उनका अनुसार हल निर्माणको पहिलो चरणको ८५ प्रतिशत काम छ । ‘यस वर्षको बुद्ध जयन्तीको कार्यक्रम नयाँ सभा हलमा नै गर्ने भन्ने थियो तर कोरोनाका कारण प्रभावित बन्यो उनले भने फल्ससिलिङ लगायतका केहि निर्माण सामग्री चीनवाट ल्याउने पर्नेछ । ती सामग्रीको कारण रोकिने बाहेकको काम अब चाडै पूरा हुन्छ ।’

कोरियन प्रविधिबाट बनाउनुपर्ने सभाहलको छाना हाल्न दक्ष कामदार चाहिने तर ती कामदार नभएकाले काम रोकिएकोमा हेटौँडा र काठमाडौंबाट ६० जना कामदारल कामदार ल्याएर काम शुरु गरेको उनले बताए । 

पहिलो चरणको काम सकिए पछि आगामी आर्थिक वर्षमा दोस्रो चरणको काम शुरु हुने कोषका सदस्य सचिव राइले बताए । सभाहलको भित्री साजसज्जा, बाहिर पानीको फोहोरा लगायतका काम दोस्रो चरणमा पर्ने उनले बताए । 

यसको डिजाईन शान्तिको प्रतीक अथवा पोजेटिभ भाईब्रेशनको प्रतिकको चीनोको रुपमा बनाईएकोे छ । ध्यानकेन्द्रको छानो गोलाकार रुफ ईलिभेसन इलिप्टिकल आकारमा डिजाईन गरिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)