ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

छलफल नगरी नयाँ पर्यटन ऐन ल्याए मान्य नहुने व्यवसायीको चेतावनी

२०७७ जेठ, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

जेठ २०, काठमाडौं । पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न एक दर्जन संस्थाहरुले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ल्याउन लागेको भनिएको नयाँ ऐन प्रति गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । 

होटल एशोसिएशन नेपाल (हान), नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा), नेपाल पर्वतारोहण संघ (एनएमए), ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) लगायतका संस्थाको मंगलवार बसेको बैठकले नयाँ ऐन आउने भन्ने कुरा जानकारीमा आएको तर त्यस विषयमा सरोकारवालाहरुसँग कुनै छलफल नगरिएको भन्दै बिना छलफल ऐन ल्याएमा आफूहरुलाई मान्य नहुने बताएका छन् । 

मन्त्रालयले पर्यटन ऐन पुरानो भएकाले नयाँ ऐन ल्याउने  बताउँदै आएको छ । नेपालमा २०३५ सालमा बनेको बनेको पर्यटन ऐनबाट काम हुँदै आएको छ । व्यवसायीहरुले यस अघि पनि नयाँ पर्यटन ऐन आवश्यक भएको बताउँदै आएपनि ऐन आउँदा छलफल नगरिएको भन्दै गुनासो गरेका हुन् ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)