ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनको मोडालिटीबारे सुझाव लिन प्रधानमन्त्रीको विज्ञहरुसँग छलफल

२०७७ जेठ, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

जेठ २१, काठमाडौं । कोरोना भाइरस संक्रमण रोक्न सरकारले अपनाएको लकडाउन मोडलबारे सबैतिरबाट आलोचना शुरु भएपछि अबको बाटोबारे सुझाव लिन प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुसँग छलफल शुरु गर्नु भएको छ । 

प्रधानमन्त्रीले बालुवाटारमा विज्ञहरूसँग अपरान्ह चार बजेबाट छफपल शुरु गर्नु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । थापाका अनुसार विभिन्न क्षेत्रका २५ जना विज्ञहरु बालुवाटार पुगेका छन् । 

प्रधानमन्त्रीले विज्ञहरुसँग अहिलेसम्म लकडाउन गर्दाको समिक्षा र आगामी दिनमा अपनाउनुपर्ने मोडालिटीका बारेमा छलफल गर्ने र सोही अनुसार निर्णयमा पुग्ने तयारी गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ । 

गत चैत ११ गतेबाट जारी लकडाउनले देशको अर्थतन्त्रसहित जनजीवन तहस नहस भएको भन्दै निजी क्षेत्रले रेड, एल्लो र ग्रिन जोन गरी लकडाउन खुकलो पार्न मंगलवार कोभिड १९ उच्चस्तरिय समन्वय समितिलाई सुझाव दिएका थिए । 

उच्चस्तरिय समितिले यसबारेमा बुधवार छलफल गर्ने भनिएपनि सिधै प्रधानमन्त्री आफैले विज्ञहरुलाई बोलाएर छलफल थाल्नु भएको हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)