ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउन खुकुलो नबनाए अवज्ञामा उत्रिन बाध्य हुन्छौं : व्यवसायी 

२०७७ जेठ, २१  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

जेठ २१, कास्की । पोखरा उद्योग वाणिज्य संघले लकडाउनको खुकुलो नबनाए अवज्ञा गर्ने बताएको छ । संघले लकडाउन खुकुलो बनाउन माग गर्दै आफूहरुलाई अवज्ञामा उत्रिन बाध्य नपार्न सरोकारवाला निकायसँग आग्रह गरेको छ । 

गण्डकी प्रदेश सरकारले अत्यावश्यक सेवा, उद्योग र निर्माण क्षेत्रका काम सुचारु राख्दै  लकडाउन खुकुलो बनाउने निर्णय गरेको र समय तालिका मिलाएर लकडाउन खुकुलो बनाउन प्रदेशदेखि संघ सरकारसम्म लविङ गरिएको बताउँदै सरकारलाई यस विषयमा गम्भीर बन्न सुझाब दिएको छ । 

संघले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दामु अधिकारीले कोरोना संक्रमण कहिलेसम्म जारी रहन्छ भन्ने निश्चित नभएको बेला लकडाउन कायम राख्नु जायज नभएको तर्क गरे । उनले कोरोनाबाट भन्दा अन्य रोगबाट मृत्यु हुनेको संख्या बढी रहेको तथ्य पेश गर्दै लकडाउन जारी रहे भोकले मर्ने अवस्था आउनसक्ने बताए । 

‘हामी समय तालिका अनुसार व्यवसाय खोल्नुपर्ने पक्षमा छौं । समय तालिका मिलाइदिए हामी त्यही अनुसार अघि बढ्छौं । सुरक्षाका सबै प्रबन्ध मिलाउन हामी तयार छौं’, उनले भने,‘ हामी उपभोक्तालाई सचेतता अपनाउँदै उपभोग्य वस्तु खरीद गर्न आह्वान पनि गर्दछौं । हामीलाई लकडाउनको अवज्ञा गर्न बाध्य नपारियोस् । सरकारबाटै  उचित प्रबन्ध होस् ।’ 

उनले भोकले गाँजेपछि मृत्युको डर कम हुने बताउँदै अन्य कुराको विकल्प भए पनि भोकको विकल्प भोजन नै भएको बताए । ‘अर्कोतर्फ, लकडाउन साधन रहेछ, साध्य हैन रहेछ । लकडाउनले सृजित विषम परिस्थितिमा बाँच्नकै लागि भए पनि यसको प्रकृति खुकुलो बनाउनुको विकल्प रहेनछ भन्ने निष्कर्षमा पुग्न हामी बाध्य भयौ’ उनले भने । 

‘पोखरा उद्योग वाणिज्य संघले केही दिनअघि वस्तुगत संघका साथीहरुसँग गरेको भर्चुअल बैठकले पनि ‘सुरक्षा प्रबन्ध मिलाएर, आलोपालो रुपमा समय तालिका अनुसार सबै व्यवसाय खुलाउनुपर्ने’ राय दिएकाले पनि हामी यो निर्णयमा पुगेका हौं ।’

अधिकारीले भने ‘विश्व स्वास्थ्य संगठनले तरकारीबाट कोरोना सर्दैन भनेको सन्दर्भमा अमूक व्यक्तिबाट भएको यस्तो कार्यले व्यवसायीले भोगेको क्षति एकातिर छ भने अर्कोतर्फ अराजकता फैलने खतरा बढेको छ’ उनले भने । ‘अन्तरदेशीय, अन्तर प्रदेश तथा अन्तर स्थानीय निकाय व्यापार रोक्ने अधिकार कसैलाई पनि छैन ।’ 

पत्रकार सम्मेलनमा बोल्दै गण्डकी प्रदेशका सभासद तथा संघका पूर्वअध्यक्ष विन्दुकुमार थापाले पीसीआर टेष्टको गति बढाएर उद्योग÷व्यवसाय खोल्नेतर्फ ध्यान दिन प्रदेश सरकारलाई आग्रह गरे । उनले कोरोना कोषमा भएको रू. ११ करोड राहत र कोरोना नियन्त्रणमा खर्चनुपर्ने माग पनि गरे । उनले सधैं व्यवसाय बन्द गरेर बस्न नसकिने भन्दै लकडाउन खुकुलो नबनाए सुरक्षाका प्रबन्धसहित व्यवसाय खोल्नुको विकल्प नभएको बताए । 

संघका महासचिव अर्जुन पोखरेलले अर्थमन्त्रालय मातहतको आन्तरिक राजस्व विभागले यही जेठ २५ गतेभित्र आय कर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कको विवरण र कर रकम दाखिला गर्न असार ७ गतेसम्मको समयसीमा पनि अपुग हुने बताए । उनले संघले असार मसान्तसम्म समयसीमा बढाउन आग्रह गरेको स्मरण गर्दै तत्काल कर तिर्न आउ भन्नु राज्यको स्वेत आतंक भएको प्रतिक्रिया दिए ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष तथा संघका पूर्वअध्यक्ष संजिवबहादुर कोइरालाले निजी क्षेत्रले सरकारलाई पहिल्यै लकडाउन खुकुलो बनाउन सुझाव दिएको बताए । ‘सरकारलाई अहिले पैसा चाहिएको छ, व्यवसाय नभए कहाँबाट राजस्व उठ्छ, कर किन चाहिन्छ भन्ने र व्यापार किन खोल्नुपर्छ भन्ने सरकारले बल्ल बुझ्यो होला’ उनले भने ।

संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले राज्यलाई कर तिरेर व्यवसायीहरुलाई यो वा त्यो बहानामा मानमर्दन नगर्न सरकार र स्थानीय प्रशसनसँग माग गरे । उनले गण्डकी प्रदेश सरकारले नै लकडाउन खुकुलो बनाउने घोषणा गरेको स्मरण गर्दै यही जेठ २५ गतेसम्म आफूहरुले प्रतीक्षा गर्ने र त्यो बेलासम्म पनि कुनै निर्णय नभए बाध्य भएर व्यवसाय खोल्ने बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)