ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कास्कीको माछापुच्छ्रेमा बहुउदेश्यीय तालिम केन्द्र बन्दै, १७ करोड ५५ लाख विनियोजन

२०७७ जेठ, २२  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

जेठ २२, कास्की । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा बहुउदेश्यीय फुटबल तालिम केन्द्र स्थापना गर्ने भएको छ । 

माछापुच्छ्रे गाउँपालिकाको भेडावारीमा बन्ने बहुउद्धेश्यीय फुटबल तालिम केन्द्र निर्माणका लागि नयाँ आर्थिक वर्षमा एन्फाले रू. १७ करोड ५५ लाख बजेट समेत छुट्याएको हो ।

सरकारको ‘एक गाउँपालिका एक फुटबल मैदान’ निर्माण गर्ने अभियान अन्तर्गत बुहुउदेश्यीय तालिम केन्द्र निर्माण प्रक्रिया अगाडी बढेको कास्की जिल्ला फुटबल संघ एन्फाका अध्यक्ष मिलन गुरुङले जानकारी दिए । 

‘गण्डकी प्रदेशको लागि फिफा मापदण्ड अनुसारको सुविधासम्पन्न तालिम केन्द्रको स्थापना गर्न लागेको हौं’ उनले भने । ‘तालिम केन्द्र निर्माणका लागि एन्फाको केन्द्रिय कार्य समितिको बैठकले बजेट छुट्याएको छ ।’ 

विश्व फुटबल महासंघ (फिफा) को सहयोगमा एन्फाले कास्कीमा तालिम केन्द्र बनाउन लागेको गुरुङले बताए । करीब २५२ रोपनी जग्गा निर्माण हुने तालिम केन्द्रका लागि गाउँपालिकाले जग्गा उपलब्ध गराएको छ ।

तालिम केन्द्र निर्माणको विस्तृत परियोजना रिपोर्ट (डीपीआर) अनुसार करीब ३५ जनासम्मलाई आवासीय सुविधा सहितको व्यवस्था हुनेछ । सरकारले एन्फालाई जग्गा भोगचलन गर्न दिइसकेको अध्यक्ष गुरुङले बताए । 

‘कास्कीमा बन्न लागको बहुउदेश्यीय तालिम केन्द्रको लागि केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पा, खेलकुदमन्त्री तथा गण्डकी प्रदेश भित्र रहेका एन्फा अध्यक्षहरुको महत्वपूर्ण भूमिका छ’ गुरुङले भने । ‘जग्गा भने माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्ण गुरुङको विशेष पहलमा उपलब्ध भएको हो ।’ 

तालिम केन्द्रमा राष्ट्रिय फुटबल टिम, रेफ्री, प्रशिक्षक तथा विभिन्न उमेर समूहको अभ्यास तथा तालिमहरु सञ्चालन गर्ने लक्ष्य राखिएको छ । नेपाल कै ड्रिम प्रोजेक्टका रुपमा निर्माण गर्न लागेको तालिम केन्द्र निर्माणले गण्डकी प्रदेशको फुटबल विकासमा ठूलोे योगदान पुग्ने अपेक्षा गरिएको छ ।

अध्यक्ष गुरुङका अनुसार ५ हजार दर्शक क्षमता सहितको तीन प्राकृतिक मैदान, दुई कृतिम (आर्टिफिसियल) मैदान, दुई बालुवा मैदान, स्विमिङ पुल, रेष्टुरेन्ट, पुस्तकालय, जिमहल र सभाहल समेत निर्माण गरिनेछ ।

अहिलेको प्रारम्भिक बजेट भएको र फिफाबाट क्रमश बजेट विनियोजन हुँदै जाने बाताइएको छ । फिफाले परियोजना ३ चरणमा सक्न एन्फालाई निर्देशन दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)