ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्वतमा सडक, पुल र शहरी विकासका लागि १६ करोड बजेट

२०७७ जेठ, २२  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

जेठ २२, पर्वत । पर्वतमा सडक, पुल र शहरी विकासका योजनामा १६ करोडभन्दा बढी बजेट विनियोजन भएको छ । सरकारले आर्थिक वर्ष २०७७÷७८ मा खर्च हुनेगरी जिल्लाका १५ ओटा सडक, १० ओटा पुल र कुस्मामा सिटी हल सहितको बसपार्क निर्माणका लागि १६ करोड १६ लाख लाख ५० हजार बजेट विनियोजन गरेको हो ।

राष्ट्रिय गौरवको कालीगण्डकी लोकमार्गको घुमाउने दह–माझफाँट–कुश्मा–मिर्मि–चापाकोट–देवघाट–त्रिवेणी सडकमा ४० लाख बजेट विनियोजन भएको छ  । कुस्माको साइकलचोक देखि गहते पोखरा हुँदै ठूलीपोखरी, खौला, आर्थर सडक, पर्वत–चिसापानी–हुवास–बराचौर–खडगकोट–बरेङ–वाग्लुङ, सहस्रधारा–टार–ततरकोट हुँदै बनौं जाने, कुश्मा–दुर्लुङ सडकमा पनि ४० लाखका दरमा बजेट विनियोजन भएको छ । अन्तर जिल्लाको रुपमा रहेको गुल्मी–शान्तिपुर–पूर्तिघाट–रानीपानी–कुस्मा–दुर्लुङ–बाजुङ–लेकफाँट–घोडेपानी सडक, ठाडाकुना–लाम्पाटा–वि.क. टोल हुँदै झोलुंगे पुल सडक, बारीबेनी–बगरफाँट–बाँसखर्क, कुश्मा–छमर्के–कोटगाउँ हलहले –काफलडाँडा सडक, वारीबेनी–कोटघर–सम्मेर–बासखर्क सडक, हिमालय मा.वि.बाट कालीमाटी हुँदै घैरेनी मा.वि. जोड्ने सडकमा पनि ४० लाखका दरमा बजेट विनियोजन भएको छ । 

भौतिक पूर्वाधार मन्त्रालयबाट सडक निर्माणका लागि ८ करोड ४० बजेट विनियोजन गरेको छ । सबैभन्दा ठुलो बजेट पोखराबाट पर्वतको सेतीबेणी हुँदै रिडी जोड्ने पोखरा रिडी सडकका लागि ४ करोड बजेट विनियोजन गरेको छ । यो सडकको पोखराको पामे देखि भदौरे, राम्जा, कार्किनेटा, लुंखु, सेतीबेणी हुँदै रिडी यस वर्षको बजेटदेखि राष्ट्रिय राजमार्गको रुपमा छनौट भएको छ । पर्वतका ६ पालिकालाई छुने र डाडैडाँडा सेतीबेणीदेखि पोखरा पुग्न सकिने पर्यटकीय सडक निर्माणको योजना पनि बजेटले समेटेको छ । पर्वतमा गतवर्ष र आगामी वर्ष बढी सडक पूर्वाधारमा बजेट बढेको संघीय साँसद पदम गिरीले बताए ।

शहरी विकास मन्त्रालयबाट कुस्मा नगरपालिकाभित्र खर्च हुने गरी शहरी विकासका योजनाहरुमा २ करोड २५ लाख बजेट विनियोजन भएको छ । शहरी विकासका लागि कुस्माको शिवालयचोकमा बसपार्क र सिटीहल निर्माणका लागि १ करोड बजेट विनियोजन भएको छ । एकोहोरेपाखा–बितलब–लहरेचौपारी–टारी–वडा कार्यालय सडक कुनपा १० का लागि १५ लाख, पकुवा – छापा – ठाँटी सडक कुश्मा नगरपालिका – ११ का लागि ५० लाख,चुवा–सोती–दुर्लुङ कुस्मा ८ र ३ का लागि ५० लाख तथा तल्लााचौर–मरेपिपल–बाह्रविसे–कालीमाटी हुँदै २ नं वडा जोड्ने कुस्मा १ र २ का लागि १० लाख बजेट विनियोजन भएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले १० वटा पुल निर्माणका लागि ५ करोड ५१ लाख ५० हजार बजेट विनियोजन गरेको छ । विभिन्न खोलामा ८ वटा पक्की पुल बनाउन बजेट विनियोजन भएको हो । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)