ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित

‘प्रदेश सरकारका कारण गण्डकीमा संक्रमण फैलिन पाएन’

२०७७ जेठ, २३  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

कास्की । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले आइतवार प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम बिहीवार बहुमतले पारित भएको हो ।

नीति तथा कार्यक्रमको पक्षमा नेकपा सांसदहरू रहँदा विपक्षमा सदनमा प्रतिनिधित्व गर्ने कांग्रेस, जनमोर्चा लगायत अन्य दलहरू रहेका थिए । नीति तथा कार्यक्रममा विभिन्न दलका सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिएका थिए । उनले गुरुङले प्रदेश सरकारको सक्रिय भूमिका कारण कोरोना भाइरसले विक्राल रूप लिन नसकेको बताए । कोरोनाका रोकथामका लागि गण्डकी प्रदेश सरकारले अग्रणी भूमिका निर्वाह गर्दै आएको दाबी समेत उनले गरे ।

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले चैत्र नै ७ गते नै प्रदेश लकडाउन गर्ने निर्णय गरेको स्मरण गर्दै त्यसपछि मात्र संघीय सरकारले निर्णय गरेको बताए । प्रदेश सरकारले केही गरेन भन्ने सांसदलाई लक्षित गर्दै उनले राम्रा कामको प्रशंसा गर्न आग्रह गरे ।

मुख्यमन्त्री गुरुङले जनताको ज्यान बचाउनु राज्यको पहिलो दायित्व भएको बताउँदै कोरोनो भाइरसको महामारी फैलँदै गएमा सरकारले निजी अस्पताललाई पनि लिन सक्ने बताए । हाललाई पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मात्र कोरोनाको उपचार गर्ने अस्पतालका रूपमा विकास गरिएको उनको भनाइ छ । ‘संक्रमित बढ्दै गएको अवस्थामा मणिपाल, जीएमसी लगायत अन्य निजी अस्पताल पनि प्रयोग गरिनेछ,’ उनले भने, ‘अस्पताल दिन्नँ । काम गर्दिनँ भन्न मिल्दैन । जनताको ज्यान बचाउनु राज्यको दायित्व हो, संकटका बेला नाइँनास्ती गरे कारबाही हुन्छ ।’

मुख्यमन्त्री गुरुङले पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई आवश्यक परे पूरै अस्पताललाई कोरोना उपचार अस्पतालमा रूपान्तरण गर्ने बताए । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या वृद्धि भएकाले थप १ पीसीआर मेशिन खरीद गर्ने निर्णण गरिएको जानकारी उनले दिए ।

हाल प्रदेशमा हाल दुईओटा पीसीआर मेशिनबाट दैनिक ५०० नमूना परीक्षण गर्ने क्षमता रहेकोमा नयाँ खरीद गरेपछि दैनिक ७०० नमूना परीक्षण गर्न सकिने जानकारी उनले दिए । कोभिड–१९ को प्रभाव बढेपछि पोखरामा प्रदेश प्रयोगशाला स्थापना भएको भन्दै उनले साउनसम्म मुलुक बाहिरबाट ३० हजार मान्छे प्रदेशमा आउने अनुमान रहेको बताए । ‘ती सबैको पीसीआर परीक्षण गर्नुपर्छ । महीनामा १० हजारको परीक्षण गर्न सक्नुपर्छ,’ उनले भने ।

प्रदेशमा हाल ६०० भीटीएम मौज्दात रहेको र २६ हजार खरीद गर्न १० दिने सूचना जारी गरिसकिएको जानकारी उनले दिए । ‘केन्द्रको भर परेका छैनौं । हामीले चाहिने बेलामा पाएका छैनौं,’ उनले भने, ‘हाम्रो तयारी हामी आफैले गरेका छौं । क्षमता अनुसार काम गरेका छौं ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)