ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनका कारण मिति तय गरेका १४ ओटा कम्पनीको साधारण सभा रोकियो

२०७७ जेठ, २४  
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

जेठ २४, काठमाडौं  । विश्वभरी फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि चैत ११ गते देखि जारी लकडाउनले गर्दा मिति तयर गरेका १४  ओटा कम्पनीको वार्षिक साधारण सभा रोकिएको छ । 

सेञ्चुरी बैंक, वोमी लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त, स्वेडा लघुवित्त, एक्सेल डेभलपमेण्ट बैंक, नेपाल इन्स्योरेन्स, महिला सहयात्रा लघुवित्त, एनएमबि लघुवित्त, सिद्धार्थ इन्स्योरेन्स, जनउत्थान लघुवित्त, सप्तकोशी डेभलपमेण्ट बैंक र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको साधारण सभा रोकिएको हो ।  लकडाउन जारी रहँदा पनि सात ओटा कम्पनीले साधारण सभा सम्पन्न गरेका छन् ।

सरकारले पालना गर्नुपर्ने भनि तोकेका सम्पूर्ण सुरक्षात्मक उपायहरु अपनाएर  ती कम्पनीहरुले साधारण सभा सम्पन्न गरेका हुन् । छ ओटा कम्पनीमध्ये  सहयोगि विकास बैंकको साधारण सभा शनिवार हुँदैछ भने नेको इन्स्योरेन्स, मेगा बैंक, गण्डकी विकास बैंक, देव विकास बैंक र कुमारी बैंकले साधारण सभा सम्पन्न गरेका हुन् । 

  •  ४  ओटा कम्पनीले साधारण सभा गर्ने मिति तय

४  ओटा कम्पनीले पनि पछिल्लोपटक लकडाउनकै समयमा साधारण सभा गर्ने मिति तय गरेका छन् । सारथि लघुवित्त वित्तीय संस्था, नयाँ नेपाल लघुवित्त वित्तीय संस्था, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक र सिटीजन्स बैंक इन्टरनेशनलले साधारण सभा आहवन गरेका हुन् ।

सारथि लघुवित्तले विषेश साधारण सभा असार ५ गते दियालो फूडल्याण्ड, टोखा– ५ बसुन्धारा, काठमाडौंमा विहान ८ बजे बोलाएको छ । साधारण सभाको प्रस्तावमा नयाँनेपाल लघुवित्तसँग एक आपसमा गाभिने प्रस्ताव पारीत गर्ने रहेको छ ।

त्यसैगरी  सिटीजन्स बैंक इन्टनेशनलले जेठ २७ गते कम्पनीको प्रधान कार्यालय  दरबार मार्ग, काठमाडौंमा विशेष साधारण सभा बोलाएको छ । साधारण सभाको प्रस्तावमा सहयोगि विकास बैंकलाई प्राप्ति गर्ने लगायत विविध प्रस्ताव रहेको छ । 

साथै सहयोगि विकास बैंकको १०० कित्ता बराबर सिटीजन्स बैंकको ९१ दशमलव ७५ कित्ता शेयर अदान प्रदान अनुपात कायम गर्ने प्रस्ताव रहेको छ । कम्पनीले लकडाउन बीचमा पनि विशेष सावधानी अपनाएर साधारण सभा गर्न लागिएको बताएको छ ।

 यस अघि कम्पनीले चैत १० गते साधारण सभा तय गरेकोमा कारोना भाइरसका संक्रमणका कारण रोकिएको थियो । त्यसैगरी शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले असार १२ गते एशियन भिलेज रिर्सोट प्रालि बुटवल रुपन्देहीमा गर्ने भएको छ ।

साधारण सभाको प्रस्तावमा पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई प्राप्ति पश्चात कायम हुने चुक्तापूँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने रहेको छ । 

नयाँ नेपाल लघुवित्तले सारथि लघुवित्तलाई मर्जरमा जाने प्रस्ताव सहित असार ८ गते विशेष सधारण सभा बोलाएको हो । कम्पनीले साधारण सभा म्याकडोनाल्ड फूडक्याफे रेष्टुरेनट एण्ड क्याफे मध्यबानेश्वर काठमाडौंमा विहान ११ बजे गर्नेछ । 

सारथि लघुवित्तको १ कित्ता बरावर नयाँ नेपाल लघुवित्तको १ कित्ता शेयर आदान प्रदान गर्ने सम्झौता बमोजिम दुई कम्पनी एक आपसमा मर्जरमा जान लागेका हुन् । मर्जरपश्चात कम्पनीको नाम सारथि  नेपाल लघुवित्त वित्तीय संस्था रहने प्रस्ताव साधारण सभाले पारीत गर्नेछ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)