ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखराका संक्रमितको सम्पर्कमा आएका ३९ जनाको स्वाब संकलन

२०७७ जेठ, २५  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

जेठ २५, कास्की । काठमाडौंको एक निजी अस्पतामा उपचाररत पोखराका कोराना संक्रमितसँग सम्पर्कमा आएका ३९ जनाको स्वाब संकलन गरिएको छ । 

कन्ट्याक ट्रेसिङका आधारमा संक्रमित व्याक्तिको सम्पर्कमा पुगेकाहरुको पीसीआर विधिबाट कोरोना परीक्षण गर्नका लागि स्वाब संकलन गरिएको पोखरा महानगर स्वास्थ्य महाशाखाले जानकारी दिएको छ ।

पोखरा महानगरपालिका ८ सिमलचौर बस्ने ६० वर्षीय पुरुषलाई गत जेठ २० गते उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको थियो । उनको उपचारका क्रममा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि सम्पर्कमा आएका व्यक्तिहरु खोजीगरी पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको स्वास्थ्य महाशाखाले जानकारी दिएको छ । 

महाशाखाका अधिकृत हरिलाल आचार्यका अनुसार आइतवार २९ पुरुष र १० जना महिलाको स्वाब संकलन गरिएको छ । ६० वर्षीय संक्रमित कानून व्यवसायी भएकाले उनको सम्पर्कमा आउने अधिकांश कानून व्यवसायी रहेका छन् ।

कन्ट्याक्ट ट्रेसिङ गरी स्वाव संकलन गरिएका ३९ जना आ–आफ्नो घरमा आईसोलेशनमा रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । उनीहरुको स्वाब परीक्षणका लागि स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको छ ।

गत मंगलवार पोखराको आलुमाइला चोकस्थित डेरामा बेहोस भेटिएका संक्रमित व्याक्तिलाई उपचारका लागि तत्कालै गण्डकी मेडिकल कलेजमा पुर्‍याइएको थियो । तर, उनको अवस्था गम्भिर भएको चिकित्सकले बताएपछि परिवार र साथीभाइको सल्लहमा उनलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको थियो । 

पोखराका एक जनासहित कास्कीमा अहिलेसम्म ४ जनामा कोरोना पुष्टि भएको छ । ३ संक्रमितमध्ये २ जना रुपा गाउँपालिका र १ जना पोखरा २७ का पुरुष हुन् । तीनै जना संक्रमित भारतबाट नेपाल आएका हुन् । उनीहरुको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसोलेशनमा उपचार भइरहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)