ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

संक्रमितको सम्पर्कमा आएका ३९ जनाको स्वाब संकलन

२०७७ जेठ, २६  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

कास्की । काठमाडौंको एक निजी अस्पतामा उपचाररत पोखराका कोराना संक्रमितसँग सम्पर्कमा आएका ३९ जनाको स्वाब संकलन गरिएको छ । कन्ट्याक्ट ट्रेसिङका आधारमा संक्रमित व्यक्तिको सम्पर्कमा पुगेकाहरूको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको पोखरा महानगर स्वास्थ्य महाशाखाले बताएको छ ।

पोखरा महानगरपालिका ८ सिमलचौर बस्ने ६० वर्षीय पुरुषलाई उपचारका लागि गत जेठ २० गते हेलिकोप्टर मार्फत काठमाडौं लगिएको थियो । परीक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भएपछि सम्पर्कमा आएका व्यक्ति खोजी गरी पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको स्वास्थ्य महाशाखाको भनाइ छ । महाशाखाका अधिकृत हरिलाल आचार्यका अनुसार आइतवार २९ पुरुष र १० जना महिलाको स्वाब संकलन गरिएको छ । ६० वर्षीय संक्रमित कानून व्यवसायी भएकाले उनको सम्पर्कमा आउने अधिकांश कानून व्यवसायी छन् ।

कन्ट्याक्ट ट्रेसिङका क्रममा औषधि व्यवसायीदेखि कपाल काट्नेसम्म संक्रमितको सम्पर्कमा आएको भेटिएको छ । कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गरिएका ३९ जना आ–आफ्नो घरमा आइसोलेशनमा रहेको स्वास्थ्य निर्देशनालयले बताएको छ । उनीहरूको स्वाब परीक्षणका लागि स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको छ ।

पोखराका एक जनासहित कास्कीमा अहिलेसम्म ४ जनामा कोरोना पुष्टि भएको छ । ३ संक्रमितमध्ये २ जना रूपा गाउँपालिका र १ जना पोखरा २७ का पुरुष हुन् । तीनै जना संक्रमित भारतबाट नेपाल आएका हुन् । पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा उनीहरूको उपचार भइरहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)