ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोनाको रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको कांग्रेसको निष्कर्ष

प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने निर्णय

२०७७ जेठ, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

जेठ २६, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकार कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणमा पूर्ण रुपमा असफल भएको निष्कर्ष निकालेको छ । केन्द्रीय कार्यालय सानेपामा सोमवार बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकारले लकडाउन गर्ने बाहेकका कुनै पनि काम गर्न नसकेको ठहर गर्दै पहिलो चरणमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने निर्णय समेत गरेको छ । 

कोभिड-१९ को महामारी नियन्त्रण गर्न, यसका अल्पकालीन र दीर्घकालिन नकारात्मक प्रभाव न्यून गर्न, जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउन नेपाल सरकारले तत्काल चाल्नु पर्ने कदमका लागि नेपाल सरकारका प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले जानकारी दिए । 

यस्तै कोभिड १९ को कारण उत्पन्न परिस्थितिको सम्बन्धमा अनुगमन गर्न सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा समिति गठन गरिएको पनि उनले बताए । 

बैठकले राष्ट्र विपतमा रहेको बेला स्वास्थ्य सामग्री खरीद जस्तो विषयमा निरन्तर भ्रष्टाचार भइरहेको भन्दै यस कार्यका लागि खर्च गरिएको भनिएको रू. १० अर्ब खर्चको सम्पूर्ण विवरण सार्वजनिक गर्न माग गरेको छ । 

यस्तै पर्याप्त स्वास्थ्य सामग्री आपूर्ति गर्न नसकेको, आपूर्ति गरिएका स्वास्थ्य सामग्रीमा व्यापाक भ्रष्टाचार भएको, व्यवस्थित क्वारेन्टाइन बनाउन नकसेको, क्वारेन्टाइनमा रहेकाको कोरोना परीक्षण गर्न किटको अभाव लगायतले सरकारको असफलता देखिएको कांग्रेसले ठहर गरेको छ । 

यस्तै आईसोलेशन सेन्टरसँगै प्रयोगशालाहरुको गुणस्तर र संख्या वृद्धि नहुनु, विदेशबाट आउने मानिसहरुलाई सुरक्षित रुपमा उनीहरुको घर पुग्ने प्रबन्ध गर्न नसकेको निष्कर्ष निकालेको छ । यस्तै कांग्रेसले एकद्वार प्रणालीका नाममा राहत वितरणमा व्यापक भेद्भाव र दुरुपयोग गरिएको आरोप लगाएको छ । 

लकडाउनका कारण देशको आर्थिक जीवन अस्तव्यस्त भएको यस्तो अवस्थामा यी उद्योग व्यवसाय तथा कृषि क्षेत्रलाई समेत चलायमान गर्न र नागरिकको जीवनमा आएको आर्थिक संकटलाई कम गर्न सरकार गम्भीर नभएको कांगे्रसको ठहर छ । 

यस्तै कांग्रसले पीसीआर परीक्षणको दायरा विस्तारसँगै यसको क्षमता अभिवृद्धि गर्न आवश्यक किट, उपकरण, जनशक्ति र अन्य लजिस्टिक आवश्यकताको अविलम्व व्यवस्था गर्न र कोरोना नियन्त्रण र जनताको स्वास्थ्य सुरक्षाको लागि आवश्यक पर्ने सबै सामग्रीको तत्काल आपूर्ति गर्न पनि कांग्रेसले माग गरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)