ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दक्ष कामदार अभावमा सडक कालोपत्रेको काम अलपत्र

भारतीय कामदार घर फर्किए, नेपालीसँग शीप छैन !

२०७७ जेठ, २७  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

पर्वत । पर्वतमा सडक कालोपत्रे गर्ने योजना अलपत्र परेको छ । कोरोना भाइरस (कोभिड–१९) को असरका कारण जिल्लाका सडकहरूमा कालोपत्रे गर्ने काम रोकिएको हो । लकडाउन शुरू भएसँगै भारतीय कामदार घर फर्किएपछि जिल्लाका मुख्य र शाखा सडकको काम रोकिएको सम्बन्धित आयोजनाहरूले बताएका छन् । सडक कालोपत्रे गर्न भारतीय कामदार आवश्यक पर्ने गरेको भए पनि उनीहरूले अहिले नेपालमा छैनन् ।

चालू आर्थिक वर्षमा मात्रै करीब ५० किलोमीटर सडक कालोपत्रेको चरणमा थियो । राष्ट्रिय राजमार्गमा करीब १५ किलोमीटर र ग्रामीण सडकहरू बढीमा ३५ किलोमीटर कालोपत्रे हुने चरणमा थिए । जिल्लामा आगामी ३ वर्षभित्र करीब २०० किलोमीटर सडक कालोपत्रे गरिसक्ने गरी संघीय तथा प्रदेश सरकारबाट बजेट विनियोजन भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख मनोहर बी पौडेलका अनुसार १८ ओटा मुख्य सडक कालोपत्रेको चरणमा थिए । सडक कालोपत्रेका लागि बोलपत्र आह्वान भई निर्माणको काम शुरू भईसकेको थियो । गत चैत ११ गतेदेखि शुरू भएको लकडाउन जेठ महीनाभर जारी रहँदा त्यसको प्रत्यक्ष असर जिल्लाको विकास निर्माणमा पनि देखिएको हो ।

सडक निर्माण कार्यका लागि कालीगण्डकी लोकमार्गको आयोजना कार्यालय, मध्यपहाडी लोकमार्गको आयोजना कार्यालय, पूर्वाधार विकास कार्यालय र सडक डिभिजन कार्यायलमार्फत काम भइरहेका छन् । पछिल्लो समय निर्माण क्षेत्रका लागि लकडाउन केही खुकुलो बनाइएको भए पनि भारतीय कामदारबिना कालोपत्रेको काम शुरू गर्न नसकिएको पूर्वाधार विकास कार्यालयका प्रमुख दयाराम अधिकारीले बताए । ‘कालोपत्रेको काम नेपाली मजदुरहरूले गर्दैनन्,’ अधिकारीले भने, ‘शीप भएका भारतीय कामदार नहुँदा काम रोकियो ।’ भारतीय कामदार ल्याउने स्थिति अहिले नरहेको उनको भनाइ छ ।

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड पनि कालोपत्रेको लागि तयारी अवस्थामा छ । आयोजना प्रमुख आशिष थापामगरले आयोजनामा कामदार अभाव हुँदा निर्माण कम्पनीले काम गर्न नसकेको बताए । कामदारको व्यवस्थापनमा निरन्तर सहजीकरण गरिरहेपनि कोरोनाका कारण कामदारको व्यवस्थापन हुन नसकेको उनको भनाइ छ । ‘शुरूमा लकडाउन कति समय लम्बिन्छ वा सरकारले कस्तो कदम चाल्छ भन्ने कुनै अनुमान गर्न सकिएन’, अधिकारीले भने, ‘त्यसबेला कामदार पालेर राखिरहने स्थिति भएन, अहिले घर गएकालाई ल्याउने स्थिति छैन ।’ चालू आर्थिक वर्षको असारभित्रै काम सक्ने तयारी भए पनि कामदार अभावले कालोपत्रेको काम रोकिएको मगरले बताए ।

ग्रामीण सडक सञ्जाल सुधार आयोजना अन्तर्गत दक्षिणी क्षेत्रको लमायखोलादेखि लुंखुसम्मको खण्डमा पनि कालोपत्रेको तयारी भइरहेको थियो । उक्त खण्डको काम पनि प्रभावित भएको छ । पूर्वाधार विकास कार्यालय अन्तर्गतका आधा दर्जन सडकहरूमा कालोपत्रेको काम शुरू हुने चरणमा पुग्दा अवरुद्ध भएको छ । मझौला र ठूला आयोजनाहरू सञ्चालन भइरहेको उक्त आयोजनामा डिमुवादेखि राम्जा सडक, दोविल्ला ठुलीपोखरी सडक, कुश्मा मोदीवेणीलगायत सडकहरूमा कालोपत्रेको काम शुरू हुने अवस्थामा थियो । लकडाउनका कारण सडक मजदुरको अभावले सबै काम रोकिएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)