ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कास्कीको माछापुच्छ्रेमा बहुउद्देश्यीय ट्रेनिङ सेन्टर बन्दै

२०७७ जेठ, २७  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

कास्की । अखिल नेपाल फुटबल संघ (एन्फा)ले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा बहुउद्देश्यीय फुटबल ट्रेनिङ सेन्टर स्थापना गर्ने भएको छ । माछापुच्छ्रे गाउँपालिकाको भेडाबारीमा प्रस्तावित बहुउद्देश्यीय फुटबल ट्रेनिङ सेन्टर निर्माणका लागि आगामी आर्थिक वर्षका लागि एन्फाले १७ करोड ५५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

सरकारको ‘एक गाउँपालिका, एक फुटबल मैदान’ निर्माणको अभियान अन्तर्गत बहुउद्देश्यीय ट्रेनिङ सेन्टर निर्माण प्रक्रिया अघि बढाइएको कास्की फुटबल संघका अध्यक्ष मिलन गुरुङले जानकारी दिए । ‘गण्डकी प्रदेशका लागि फिफा मापदण्ड अनुसारको सुविधासम्पन्न ट्रेनिङ सेन्टरको स्थापना गर्न लागेका हौं,’ उनले भने, ‘ट्रेनिङ सेन्टर निर्माणका लागि एन्फाको केन्द्रीय कार्यसमितिको बैठकले बजेट छुट्याइसकेको छ ।’

विश्व फुटबल महासंघ (फिफा)को सहयोगमा एन्फाले कास्कीमा ट्रेनिङ सेन्टर बनाउन लागेको गुरुङले बताए । २५२ रोपनी क्षेत्रफलमा निर्माण हुने ट्रेनिङ सेन्टरका लागि गाउँपालिकाले जग्गा उपलब्ध गराएको छ ।

ट्रेनिङ सेन्टर निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार उक्त सेन्टरमा करीब ३५ जनासम्मलाई आवासीय सुविधाको समेत व्यवस्था हुनेछ ।
सरकारले एन्फालाई जग्गा भोगचलन गर्न दिइसकेको अध्यक्ष गुरुङले बताए । ‘कास्कीमा बन्न लागेको बहुउद्देश्यीय ट्रेनिङ सेन्टरका लागि केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पा, खेलकुदमन्त्री तथा गण्डकी प्रदेशभित्र रहेका एन्फा अध्यक्षहरूको महŒवपूर्ण भूमिका छ,’ उनले भने, ‘जग्गा भने माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष कर्ण गुरुङको विशेष पहलमा उपलब्ध भएको हो ।’

ट्रेनिङ सेन्टरमा राष्ट्रिय फुटबल टोली, रेफ्री, प्रशिक्षक तथा विभिन्न उमेर समूहको अभ्यास सञ्चालन गर्ने लक्ष्य राखिएको छ । नेपालकै ‘ड्रिम प्रोजेक्ट’का रूपमा निर्माण गर्न लागिएको ट्रेनिङ सेन्टरले गण्डकी प्रदेशको फुटबल विकासमा ठूलोे योगदान पुग्ने अपेक्षा गरिएको छ ।

अध्यक्ष गुरुङका अनुसार ५ हजार दर्शक क्षमता सहितको ३ प्राकृतिक मैदान, दुई कृत्रिम (आर्टिफिसियल) मैदान, २ बलौटे मैदान, स्वीमिङ पुल, रेष्टुराँ, पुस्तकालय, जिमहल र सभा हल समेत निर्माण गरिनेछ । अहिलेको प्रारम्भिक बजेट भएको र फिफाबाट क्रमशः बजेट विनियोजन हँुदै जाने बताइएको छ । फिफाले परियोजना ३ चरणमा सक्न एन्फालाई निर्देशन दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)