ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गण्डकी प्रदेशमा २४ जनामा कोरोना संक्रमण पुष्टि

कुल संक्रमित १४४ पुगे 

२०७७ जेठ, २७  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

जेठ २७, पर्वत । गण्डकी प्रदेशमा मंगलवार विहान थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले विहान एक प्रेश विज्ञप्ति प्रकाशित गरी कोरोना संक्रमति थपिएको जानकारी दिएको हो । निर्देशनालयका अनुसार नवलपरासीमा १२, बागलुङमा ११ र म्याग्दीमा १ जनामा संक्रमण देखिएको छ । 

स्वास्थ्य निर्देशक तथा प्रवक्ता डा विनोद विन्दु शर्माका अनुसार नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका वर्ष ४०, १९, ३०, १८, २२, २१, १९, २२, ४०, २०, १८ र ३० का १२ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

उनीहरूलाई नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) जिल्लाको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेशन कक्षमा लैजाने तयारी भइरहेको छ ।

बागलुङ जिल्लाको निसीखोला गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका वर्ष २१, २६ र २७ का ३ जना पुरुष र बागलुङकै बरेङ गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका वर्ष २४, २२, १८, २४, १८, ४९, २३ र २७ का ८ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । 

म्याग्दीको बेनी नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष ४६ का १ जना पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि भएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४४ पुगेको निर्देशनालयले बताएको छ । 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)