ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नापी कार्यालयका सर्वेक्षकको ५ करोडभन्दा बढी गैरकानूनी सम्पत्ति !

अख्तियारद्वारा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर

२०७७ जेठ, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

जेठ २७, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्ले विरुद्ध भ्रष्टाचारको आरोपमा मंगलवार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । 

निज काफ्लेले सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी ५ करोड ४३ लाख २७ हजार ९९ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अख्तियारको ठहर छ । 

२०५४ साल पुष १ गते अमिन पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका काफ्लेले २०७६ साल वैशाख ३० गते सम्मको अवधिमा गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लामा आफू र श्रीमती सुशिला काफ्लेको नाममा ३३ कित्ताभन्दा बढी जग्गा जमिन खरीद गरेको अख्तियारले जानकारी दिएको छ । 

उनले रजिष्ट्रेशन लिखतमा वास्तविक भुक्तानी मूल्यभन्दा न्यून रकम देखाई जग्गाधनीहरुलाई वास्तविक कारोबारको रकम भुक्तानी दिएको अनुसन्धानको क्रममा जग्गा विक्रेताहरुको बयान र भुक्तानी भएका चेक तथा बैंक स्टेट्मेन्टबाट पुष्टि हुन आएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोईरालाले जानकारी दिए । 

सो अवधिमा निजको वैद्य आय रू. १ करोड ७४ लाख १४ हजार ५० रहको र सोको तुलनामा सोही अवधिमा निजले गरेको कुल ब्यय रू. ७ करोड १७ लाख ४१ हजार १५० घटाउँदा हुन आउने रू. ५ करोड ४३ लाख २७ हजार ९९ रुपैयाँ र १९ पैसा मात्र बराबरको ब्यय तथा लगानी (सम्पत्ति) को स्रोत खुल्न नआएको र यसरी काफ्लेले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको तथ्य प्रमाणबाट पुष्टि हुन आएको अख्तियारले जानकारी दिएको छ ।

अख्तियारले बिगो ५ करोड ४३ लाख २७ हजार ९९ रुपैयाँ कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन बमोजिम गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिको बिगोबाट खरीद गरी निज काफ्ले र निजकी श्रीमती सुशिला काफ्लेको नाममा राखेको चलअचल सम्पत्ति तथा सो बाट बढे बढाएको सम्पत्ति कानून बमोजिम हुन आउने ब्याजसमेत आरोपीको नाममा रहेको जग्गा जमिन तथा बैंक मौज्दातबाट असुल उपर गरी जफत गर्न मागदाबी लिने गरी मुद्धा दायर गरेको छ । 

यस्तै काफ्लेले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी निजकी श्रीमतीको नाममा राखेको स्रोत नखुलेको सम्पत्ति समेत कानून बमोजिम काफ्लेबाट जफत गर्ने प्रयोजनको लागि उनकी श्रीमतीलाई समेत प्रतिवादी कायम गरी निजको नाममा रहेको सम्पत्तिसमेत जफत गर्न मागदाबी आरोपपत्र दायर गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)