ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एमसीसीबारे नेकपा अझै अनिर्णित : मंगलवारको सचिवालय बैठक पनि स्थगित

२०७७ जेठ, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar टीपी भुसाल

जेठ २७, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का बारेमा अझै अनिर्णित बनेको छ । एमसीसीका बारेमा छलफल गर्न मंगलवार बोलाइएको नेकपा सचिवालय बैठक पनि स्थगित भएको छ । 

गत आइतवार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफलपछि मंगलवारको लागि सचिवालय बैठक बोलाइएको थियो । मंगलवारको बैठकले यसबारे स्पष्ट धारणा आउने अपेक्षा थियो । 

समय अभावले मंगलवारको बैठक स्थगित गरी बुधवार ४ बजेको लागि समय तय गरिएको नेकपाका सांसद खिमलाल भट्टराइले जानकारी दिए । बुधवार ११ बजे संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहको र त्यसपछि अपराह्न ४ बजे सचिवालय बैठक बस्ने भट्टराइले जानकारी दिए । 

नेकपामाथि संसदको यसै अधिवेशनमा एमसीसी पारित गर्ने वा नगर्ने भन्ने विवाद टुङ्ग्याउन दबाब छ । प्रधानमन्त्री संसदबाट एमसीसी पारित गराउने पक्षमा देखिनु भएको छ भने नेकपाकै केही अन्य नेताहरु यस विषयलाई लिएर फरक तर्क गरिरहेका छन् । 

खासगरी झलनाथ खनाल, भीम रावलहरुको यसमा फरक मत रहँदै आएको छ । पार्टीले गठन गरेको कार्यदलले समेत एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएपछि सत्तारुढ दल एमसीसीका विषयमा आफै असमञ्जस्यमा परेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)