ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनको मोडालिटी तय गर्न मन्त्रिपरिषद्को बैठक शुरु

२०७७ जेठ, २८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

जेठ २८, काठमाडौं । लकडाउनको मोडालिटी लगायतका विषयमा निर्णय गर्न प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक शुरु भएको छ । दिउँसोे बस्ने भनिएको बैठक प्रधानमन्त्रीको संसदमा सम्बोधन लगायतको कारण केहीबेर अघि मात्रै शुरु भएको हो । आजको बैठक लकडाउनको सहजीकरणमा केन्द्रीत भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए । 

लामो समयदेखि जारी लकडाउनका कारण आर्थिक गतिविधि ठप्प भएको, व्यवसाय र जिविकोपार्जनमा समेत कठिनाइ भइरहेको भन्दै सरकारलाई लकडाउन खुकुलो बनाउन दबाब बढिरहेको सन्दर्भमा सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार बिहानको संसद बैठकमा पनि सरकारले लकडाउनलाई सरलिकरण गर्नेबारे मन्त्री परिषदले बुधवारै  निर्णय गर्न जानकारी दिनुभएको थियो । कोरोना संक्रमणको जोखिम फैलिन नदिन ११ चैतदेखि सरकारले लकडाउन लागू गरेको छ । पछिल्लो पटक लकडाउनको अवधि लम्ब्याएर ३२ जेठसम्म कायम गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)