ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राजस्व बाँडफाँटको रकम घटेर आउँदा योजना कार्यान्वयनमा समस्या

२०७७ जेठ, २९  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीका स्थानीय तहहरूले संघीय सरकारबाट राजस्व बाँडफाँटको रकम घटेर आएकोले योजना कार्यान्वयनमा समस्या भएको बताएका छन् । एक  नगरपालिकासहित ६ ओटा स्थानीय तह रहेको जिल्लाका स्थानीय तहले सरकारको राजस्व संकलन घट्दाको असर राजस्व बाँडफाँटमा समेत देखिएको बताएका छन् ।

एकातिर राजस्व बाँडफाँटको रकम घटेर आएको छ भने अर्कोतिर स्थानीय तहको आन्तरिक आय पनि समयमै संकलन हुन सकिरहेको छैन । साथै चालू आव सकिँदै गर्दा गर्दा पूँजीगत बजेट सक्ने चटारोमा जिल्लाका स्थानीय तहहरू लागेका छन् । जिल्लाको रघुगंगा गाउँपालिकाले पूँजीगततर्फ ४ करोड १२ लाख ६१ हजार बजेट खर्च गरेको छ ।
पूँजीगततर्फ कुल १५ करोड ६९ लाख ३३ हजार बजेटमध्ये चालू आर्थिक वर्षका जेठ अन्तिम सातासम्म २६ दशमलव ६३ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । उनका अनुसार चालूतर्फ यस आवमा विनियोजित १८ करोड २७ लाख बजेटमध्ये ९ करोड २० लाख अर्थात् ५० दशमलव ४१ प्रतिशत बजेट खर्च भएको छ ।

चालू आवमा राजस्व बाँडफाँट, वित्तीय समानीकरण र पालिकाको आन्तरिक स्रोतबाट समेत गरी ११३ ओटा योजना सञ्चालन गरेको रघुगंगा गाउँपालिकाले २३ ओटा योजना सम्पन्न गरिसकेको बताएको छ । उनका अनुसार सम्पन्न भएका सम्पूर्ण योजनाको भुक्तानी समेत भइसकेको छ ।

६० ओटा योजना सञ्चालनमा रहेको र बाँकी ३० ओटा योजना सम्झौता हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए । उनका अनुसार योजना सम्झौता गर्नुपर्ने मिति चैत मसान्तसम्म भएकोमा कोरोना संक्रमणका कारण उपभोक्ता समितिका पदाधिकारी आउन नसकेकाले योजना सम्झौता गरी सञ्चालन गर्न नसकिएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)