ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

८० दिनपछि लकडाउनको मोडालिटी परिवर्तन

कार्यालयहरू दुई सिफ्टमा सञ्चालन हुने

२०७७ जेठ, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

काठमाडौं । अब सरकारी तथा निजीक्षेत्रका कार्यालयहरू दैनिक दुई सिप्mटमा सञ्चालन हुने भएका छन् । सरकारले झन्डै ३ महीनादेखि जारी लकडाउनको मोडालिटी परिवर्तन गरी कार्यालयहरू दुई सिफ्टमा सञ्चालन गर्ने नीति लिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार राति बसेको मन्त्रिपरिषद् बैठकले अहिलेलाई सरकारी तथा गैरसरकारी कार्यालय, बंैक वित्तीय संस्थाहरू, शैक्षिक संस्थाका कार्यालयहरू खोल्ने निर्णय गरेको बिहीवार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिँदै उनले यस्ता कार्यालयहरू बिहान ८ बजेदेखि दिउँसो १ बजे र दिउँसो १ बजेबाट साँझ ६ बजेसम्म गरी दुई सिफटमा चलाउनुपर्ने निर्णय भएको बताए ।

डा. खतिवडाका अनुसार एकै समयमा मानिसहरूको बढी भीड नहोस् र भौतिक दूरी कायम होस् भनेर यस्तो निर्णय गरिएको हो । मन्त्रिपरिषद् बैठकले उद्योग, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोर्सहरू सबै प्रकारका ढुवानीका साधनहरू पनि खुला गर्ने निर्णय गरेको छ ।

निजी सवारीहरू जोरबिजोर प्रणालीमा चलाउन दिने, व्यक्तिको पैदल आवागमन, साइकल र मोटरसाइकल (मोटरसाइकलमा १ जना) सवारी गर्न पाइने निर्णय गरिएको सरकारका प्रवक्तासमेत रहेका डा. खतिवडाले जानकारी दिए । सरकारी र निजी कम्पनीका कर्मचारी बोक्न पनि जोरबिजोर प्रणालीमा सवारी चलाउन पाइनेछ । यसरी सवारी चलाउँदा एक लहरका सीटमा एक जनाका दरले मात्र यात्रु राख्ने र मास्क लगाउनेलगायत सबै स्वास्थ्य सावधानी अपनाउनुपर्ने खतिवडाले बताए ।  तर, सरकारले तोकेको बाहेकका अन्तरराष्ट्रिय सीमानाकाबाट हुने आवतजावत, अनुमति प्राप्तबाहेकका अन्तरराष्ट्रिय तथा आन्तरिक उडान, होटल, सार्वजनिक यातायात, (पर्यटक सवारीसाधनसमेत) सबै प्रकारका सभासम्मेलन गोष्ठी आदि सञ्चालन गर्न यसअघि लगाइएको प्रतिबन्ध कायमै रहेको डा. खतिवडाले जानकारी दिए । पार्टी प्यालेस, डान्सबारलगायत मनोरञ्जन स्थलहरू, सार्वजनिक पुस्तकालय, संग्रहालय, चिडियाखाना स्पा, सैलुन तथा ब्युटीपार्लर, स्वीमिङ पुल, जिमखानालगायत हेल्थ क्लब, सपिङ मल, समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल आदि सञ्चालनमा प्रतिबन्ध कायमै रहेको छ ।

सञ्चालनमा आउने क्षेत्रहरू

  • स्वास्थ्यसँग सम्बद्ध सबै सेवा (निजी क्लिनिकसमेत)
  • बैंक तथा वित्तीय संस्था सहकारी र बीमा सेवा
  • सरकारी तथा गैरसरकारी संस्थाका कार्यालय र शिक्षण संस्थाका कार्यालय मात्र
  • कृषि र पशुपक्षी क्षेत्र उत्पादनदेखि वितरणसम्म
  • उद्योग, व्यापार, व्यवसाय, पसल, डिपार्टमेन्टल स्टोर्स
  • सबै प्रकारका ढुवानी सेवा, नर्सरी र वनजन्य उद्यम
  • व्यक्तिको पैदल आवागमन, साइकल र मोटरसाइकल (मोटरसाइकलमा १ जना) सवारी गर्न पाइने
  • उपत्यकाभित्रको हकमा उपत्यकाका तीन जिल्ला र अन्य जिल्लामा सम्बद्ध जिल्लाभित्र जोरबिजोर प्रणाली लागू हुने निजी सवारीसाधनमा चालकबाहेक २ जनामात्र
  • फोहोरमैला व्यवस्थापन, विद्युत्, दमकल, एम्बुलेन्स हुलाक,सञ्चार प्रसारण
  • विकास आयोजनाहरू, नदी÷खानीजन्य पदार्थको उत्खनन र ढुुवानी
  • रेस्टुराँबाट प्याकिङ सेवा (टेक अवे सर्भिसमात्र )
  • क्वारेन्टाइनका लागि तोकिएका होटल र यातायातका साधन
  • सार्वजनिक तथा जोरबिजोर प्रणालीमा लागू हुनेगरी निजी सेवाप्रदायक कार्यालयहरूका गाडी
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)