ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बेनी नगरपालिकाको रामायण पार्क घोषणामै सीमित

२०७७ जेठ, ३०  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । ५ वर्षअघि बेनी नगरपालिकामा एउटा अति महŒवाकांक्षी योजनाबारे व्यापक छलफल भयो । संसारमै कहीँ नभएको रामायण पार्क बेनी नगरपालिकामा बनाउने भन्ने विषयले निकै चर्चा पनि पायो । तर स्थानीय निकायको निर्वाचन भएको ३ वर्ष बितिसक्दा पनि बेनीमा रामायण पार्क त परको कुरा, पार्क बनाउने विषयमा छलफल समेत हुन सकेको छैन ।

म्याग्दीमा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न रामायण पार्क बनाउने विषय स्थानीय सरकार आउनुअघि नै चर्चामा थियो । बेनी नगरपालिकाले रामायण पार्क बनाउन गुरुयोजना बनाए पनि काम अघि नबढ्दा घोषणामै सीमित भएको छ ।

स्थानीय तहको चुनाव भएको ३ वर्ष पुग्दा पनि रामायण पार्कको काम शुरू भएको छैन । बेनी नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि नगर सभाबाट स्वीकृत गरेको बजेटबाट रामायण पार्क बनाउन १० लाख विनियोजन गरिएको थियो । बहुचर्चित योजनाका रूपमा समेत रहेको पार्क बनाउन वडा नम्बर ६, ७ र ८ भित्र पर्ने वराहपाखो र आँपारूख सामुदायिक वन अन्तर्गत हुलाकचोकबाट अर्थुङे जाने पुरानो खानेपानीको धारा रहेको स्थानमा प्रस्ताव गरिएको थियो ।

रामायण बनाउन ५ वर्षअघि नै एक समिति गठन गरिएको थियो । त्यो समितिले रावणको जन्मभूमि समेत भनेर चिनिने पौलस्त्य पुलह आश्रम आसपासका क्षेत्रमा रावण पार्क बनाउने योजना समेत अघि सारेको थियो । आन्तरिक तथा भारत र श्रीलंकाका हिन्दू धर्मालम्बीलाई आकर्षित गर्न पार्कको अवधारणा ल्याएर नगपालिकाले अघि बढाउने निर्णय गरेको थियो ।

बेनी नगरपालिका सूचना अधिकारी युवराज थापाका अनुसार रामायण पार्क बनाउन २ करोड ५० लाख ९१ हजारको लागत अनुमान गरिएको डीपीआर तयार पारिएको छ । ‘हामीले येजना अघि बढाउन डीपीआर तयार पारेका छौं,’ उनले भने, ‘दुईओटा पार्क नगरपालिकाले नै निर्माण गर्नेगरी डीपीआर तयार गरिएको हो, तर नगरपालिकाको बजेटले मात्र सम्भव नहुने भएकाले प्रदेश र संघीय सरकारको सहयोगको खाँचो छ । त्यसका लागि शहरी विकास मन्त्रालयसँग समन्वय भएको छ ।’

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)