ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्वतका १३ संक्रमितमध्ये एकजना दुर्घटनाका घाइते, अरू भारतबाट फर्किएका

२०७७ जेठ, ३०  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

जेठ ३०, पर्वत । पर्वतमा आज कोरोना संक्रमण देखिएका १३ जनामध्ये एकजना दुर्घटनामा घाइते भई अस्पतालमा उपचार गराइरहेका व्याक्ति रहेको खुलेको छ । पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा भर्ना भई उपचार गराइरहेका उनी कुश्मा नगरपालिका ३ दुर्लुङका ३५ वर्षका यूवा हुन् । 

उनी जेठ २२ गते राती १ः३० मा पर्वतको मोदी गाउँपालिका २ पातीचौरमा मोटरसाईकल दुर्घटनामा परी उनी घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले बताएको छ । सोही राति अस्पताल पुगेका उनको अस्पतालमा उपचारकै क्रममा २५ गते स्वाब लिएर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षणका लागि पठाइएकोे थियो । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले उनमा कोरोना संक्रमण पुष्टि भएको शुक्रवार विज्ञप्ति प्रकाशित गरी जानकारी गराएको छ । दुर्घटनाका घाइतेलाई कसरी संक्रमण भयो भन्ने बारेमा केही बताइएको छैन । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामबहादुर भट्टका अनुसार मोटरसाइकल दुर्घटनामा परेका उनलाई टाउको र हातमा चोट लागेको थियो । राति नै मणिपाल शिक्षण अस्पताल पु¥याइएको थियो । केही दिनको उपचारपछि पनि निको नभएपछि उनको टाउकाको अपरेसन गरेको उनका दाजुलाई उद्धृत गर्दै कुश्मा–३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले बताए । पाध्याका अनुसार ती युवाले पोखरा–बागलुङ सडक छेउ अम्बोटमा होटल सञ्चालन गर्दै आएका छन् । 

उनी बिदेशबाट समेत नआएको हुनाले कसरी संक्रमण भयो भन्ने बारेमा अन्योल रहेको अध्यक्ष पाध्याले बताएका छन् । पर्वतमा संक्रमण पुष्टि भएका अरु सबै भारतबाट फर्किएर कुश्मा स्थित क्वारेण्टाईनमा बस्नेहरू हुन् ।

संक्रमति हुनेमा कुश्मा नगरपालिकाका १० पिपलटारीका ६ जना, कुश्मा नगरपालिका ३ दुर्लुङका एक जना, कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक जना, कुश्मा नगरपालिका १ पाङका एक जना रहेका छन् । त्यस्तै फलेवास नगरपालिका १० कुर्घाका एक जना, पैयुँ गाउँपालिका ३ बेउलीवासका एक जना, बिहादी गाउँपालिकाका ३ रानीपानीका एक र महाशिला ३ वालाकोटका १ जना रहेका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)