ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

संविधान संशोधन विधेयक पास गर्न प्रतिनिधि सभामा बैठक जारी

२०७७ जेठ, ३१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

जेठ ३१, काठमाडौं । संविधान संशोधन विधेयक पास गर्न प्रतिनिधि सभाको शनिवार अपरान्हबाट बैठक शुरु भएको छ ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन प्रस्तावमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव गरेकी छन् । उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ ।

यस्तै कानूनमन्त्री तुम्बाहाङ्फेले नै उक्त प्रस्ताव पारित गरियोस भनि राखेको प्रस्ताव पछि नेताहरु बोल्ने  क्रम जारी छ । 

त्यसपछि प्रतिनिधि सभामा मतदानका माध्यमबाट टुंगोमा पुर्‍याइने छ । संविधान संशोधन विधेयक पारित गर्न कम्तिमा दुई तिहाइ बहुमत आवश्यक पर्छ । संसदमा प्रतिनिधित्व गर्ने सबै दलले यो प्रस्तावको समर्थन गरेका कारण आवश्यक बहुमत सजिलै पुग्ने देखिन्छ । सरकारले गत जेठ ७ गते नेपालको राजनीतिक नक्शा जारी गरेको थियो । 

जसमा पश्चिममा भारतले अतिक्रमण गरेको लिम्पियाधुरासम्मको भूभाग समेटिएको छ । प्रतिनिधि सभाको बैठकले संशोधन विधेयक पारित गरेपछि अब उक्त प्रस्तावलाई राष्ट्रिय सभामा पठाइनेछ । राष्ट्रिय सभाको पनि कम्तिमा दुई तिहाइ बहुमतले उक्त प्रस्ताव पारित गर्नुपर्नेछ ।

त्यसपछि मात्रै संविधान संशोधन हुनेछ र अनुसूची ३ मा रहेको नेपालको निशान छापमा अध्यावधिक गरिएको नक्शा रहनेछ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)