ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पारित गर्न मतदान जारी  

अबको केही समयमा नै संशोधन विधेयक पारित हुने

२०७७ जेठ, ३१  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar टीपी भुसाल

जेठ ३१, काठमाडौं । नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पारित गर्न संसदमा मतदान जारी रहेको छ ।

भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्नका लागि ल्याइएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाको शनिवारको बैठकमा दफावार छलफल सकिएपछि कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रक्रियामा लगेका छन् ।

छलफलका क्रममा सबै राजनीतिक दलले समर्थन जनाएको कारण  उक्त विधेयकमाथि मतविभाजनको प्रक्रिया अगाडि बढेको छ ।

लिखित रूपमा मतविभाजन भएपछि सभामुखले उक्त मतविभाजनको परिणाम सुनाउने छन् । 

अबको केही समयमा नै अतिक्रमित भूमी समेटिएको नेपालको नयाँ नक्सा अनुसार  संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्नका लागि ल्याइएको संविधान संशोधन विधेयक पारित हुने छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)