ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गण्डकी प्रदेशका ५ जना संक्रमित कोरोना जितेर घर फर्किए

२०७७ जेठ, ३१  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

जेठ ३१, कास्की । गण्डकी प्रदेशका ५ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन् । गण्डकी प्रदेशका ५ जना पुरुषहरु संक्रमणलाई जितेर घर फर्किएको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत पोखराका ६० वर्षीय पुरुष कारोना संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । उनलाई गतहप्ता पोखराको आलुमाइलाचोक स्थित रहेको डेरामा अचेत अवस्थामा फेला पारेपछि आफन्तहरुले हेलिकप्टर चार्टर गरेर काठमाडौंको ह्याम्स अस्पताल पुर्‍याइएको थियो ।

त्यसैगरी नवलपरासी जिल्ला (बर्दाघाट सुस्तापूर्व) को मध्यविन्दु अस्पतालको आइसोलेशन कक्षमा उपचाररत कावासोती नगरपालिका १२ का २६ वर्षीय युवा पनि घर फर्किएका छन् ।

त्यस्तै बागलुङ जिल्लाको धौलागिरी अस्पतालको आइसोलेशन कक्षमा उपचाररत तामाखोला गाउँपालिका ३ का २१ वर्षीय २ जना पुरुष र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कोरोनाको संक्रमण पुष्टी भएका सोहि अस्पतालको आइसोलेशन कक्षमा उपचाररत गोरखा जिल्ला आरुघाट गाउँपालिका २ का २५ वर्षीय युवा अस्पतालबाट डिस्चार्ज भएर घर फर्केको डा.शर्माले बताए ।

यो सँगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १६ पुगेको छ । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन् । प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)