ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर तिर्न आउने बढे

२०७७ जेठ, ३२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । तत्काल कर तिर्न बाध्य नपार्न सर्वोच्च अदालतले आदेश दिए पनि सरकारलाई राजस्व बुझाउने संख्या बढेको छ । आन्तरिक राजस्व विभागका अनुसार जेठ ३१ गते शनिवारसम्ममा साढे ११ अर्ब राजस्व उठेको छ भने समग्र लकडाउन अवधिमा करीब ३८ अर्ब राजस्व संकलन भएको छ ।

राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरका अनुसार करदातालाई कुनै ताकेता नगरे पनि अदालतको आदेशपछि पनि सोहीअनुसार अघि बढ्ने विभागको तयारी छ । उनका अनुसार कार्यालयमा कर बुझाउन आउने ठूला करदाता बढिरहेका छन् ।

जेठमा मात्रै ६ अर्ब राजस्व संकलन भएको ठूला करदाता कार्यालयका प्रमुख झलकराम अधिकारीले बताए । उनका अनुसार करदातालाई कार्यालयले कुनै दबाव नदिए पनि उक्त राजस्व संकलन भएको हो । एनसेल, सूर्य नेपाल, दूरसञ्चार प्राधिकरण र विभिन्न सार्वजनिक संस्थानले कर बुझाएको उनको भनाइ छ । ‘कर बाँकी राखेर पछि भार पर्ने भएकाले पनि कुनै ताकेताविनै राजस्व बुझाउन आउने बढेको देखियो,’ अधिकारीले बताए ।

सर्वोच्चमा सरकारको भ्याकेट
कर बुझाउने मिति खारेज गर्ने सम्बन्धी रिटमा सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश कानूनी रूपमा त्रुटिपूर्ण  भएको दाबीसहित खारेज गर्न माग गर्दै अर्थ मन्त्रालय र आन्तरिक राजस्व कार्यालयले शुक्रवार भ्याकेट निवेदन दर्ता गरेका छन् ।

लकडाउन खुलेको ३० दिनभित्र कर असुल गर्नू भन्ने अदालतको अन्तरिम आदेशविरुद्ध भ्याकेट निवेदन दर्ता गरिएसँगै सरकारी अधिकारीहरू कर उठाउने तयारीमा लागेका छन् । अर्थ मन्त्रालका सहसचिव उत्तरकुमार खत्रीले अदालतमा भ्याकेट दर्ता गरिएको र अदालतबाट आउने आदेश अनुसार अघि बढ्ने तयारी भएको बताए । उनका अनुसार हाललाई पहिलेको निर्णय यथास्थितिमा रहनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)