ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरगञ्ज सुक्खा बन्दरगाहको सञ्चालन ठेक्का : आर्थिक प्रस्तावमा प्रिस्टाइन लजेस्टिक अगाडि*

२०७७ जेठ, ३२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

जेठ ३२, वीरगञ्ज । वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालन ठेक्काको आर्थिक प्रस्तावमा भारतीय कम्पनी प्रिस्टाइन लजेष्टिक अग्रस्थानमा परेको छ । 

नेपाल इण्टरमोडल यातायात विकास समिति (एनआईटीडीबी)ले आइतवार खोलेको आर्थिक प्रस्तावमा प्रिस्टाइनको सबैभन्दा बढी रू. ३ अर्ब ३३ करोड प्रस्ताव रहेको हो । 

एनआईटीडीबीले ५ वर्षका लागि न्यूनतम् रू. २ अर्ब तोकेर ठेक्का आह्वान गरेको थियो । प्रतिस्पर्धामा आएका ५ ओटै कम्पनी प्राविधिक मूल्यांकनमा छनौट भएकामा आर्थिक प्रस्तावमा प्रिस्टाइन अगाडि देखिएको समितिका एक अधिकारीले आर्थिक अभियानलाई बताए । 

आर्थिक प्रस्तावको दोस्रो स्थानमा कन्टेनर कर्पोरेशन अफ इन्डिया (कोन्कर) रहेको छ । कोन्करले रू. २ अर्ब ८१ करोड प्रस्ताव गरेको छ । प्राविधक मूल्यांकनमा प्रिस्टाइनभन्दा अगाडि रहेको कोन्कर आर्थिक प्रस्तावमा पछि धकेलिएको हो । 

प्राविधिक प्रस्तावमा प्रिस्टाइन कोन्करपछि दोस्रो स्थानमा परेको छ । एनआईटीडीबीको मूल्यांकन समितिकाअनुसार प्राविधिक क्षमताको ६० र आर्थिक प्रस्तावमा ४० अंकका आधारमा ठेक्काको निर्णय हुन्छ । 

अदानी लजिष्टिक प्रालिले रू. २ अर्ब ८० करोडको सकारेको छ । इन्टरनेशनल कार्गो टर्मिनल एण्ड इन्फ्रास्टक्चरले रू. २ अर्ब ४४ करोड र र अपना/ हाइवे/ जगदम्बा ज्वाइन्ट भेन्चरले सबैभन्दा कम रू. २ अर्ब ४० करोड आर्थिक प्रस्ताव पेश गरेका छन् । आर्थिक प्रस्ताव खोलिए पनि अन्तिम निर्णय भने भइनसकेको एनआईटीडीबीका उच्च अधिकारीले बताए ।

ठेक्काको मूल्यांकन प्रक्रियामै रहेको जानकारी ती अधिकारीले दिए । आर्थिक र प्राविधिक दुवै मूल्यांकनका आधारमा ठेक्का स्वीकृत गर्ने प्रावधान छ ।अहिले सुक्खा बन्दरगाह सञ्चालन गरिरहेको हिमालयन टर्मिनलको ५ वर्षे ठेक्का गत जनवरी ६ मै सकिएको थियो । समयमै ठेक्का प्रक्रिया नथाल्दा त्यसयता पनि हिमालयनले नै बन्दरगाह चलाइरहेको छ । कोन्कर हिमालयन टर्मिनलको मुख्य साझेदार हो ।

यो बन्दरगाहमा कोन्करले नै रेल सेवा दिइरहेको छ ।  गत माघ १० गतेसम्मका लागि अन्तिम म्याद तोकेर ठेक्का आह्वान गरिएकोमा ४ महीनापछि आर्थिक प्रस्ताव खोलिएको हो ।

*अद्यावधिक गरिएको

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)