जेठ ३२, पर्वत ।पर्वतको कुश्मा नगरपालिका तीन दुर्लुङमा पहिरोमा पुरिएका आठ जनाको शव फेला परेको छ । दिनभरि खोज्दा पनि एक जनाको अवस्था पत्ता लागेन । शनिवार राति आठ बजे भीषण वर्षासँगै आएको पहिरोमा पुरिएको दुई घरका ९ जना मध्ये ५८ वर्षका तुलबहादुर थापा, ५७ वर्षकी मीनाकुमारी थापा, ३४ वर्षकी दिर्पा थापा, १४ वर्षका विवेक थापा, चार वर्षकी विविसा थापा र ११ वर्षका सम्राट थापाको शव फेला परेको छ ।
त्यस्तै ३० वर्षकी कमला विक र कमलाका छोरी ८ वर्षकी प्रमिसा विकको पनि शव भेटिएको छ । पहिरोमा पुरिएर बेपत्ता भएका कमला विकका १२ वर्षका छोरा जेनिस विकको भने अवस्था पत्ता नलागेको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । जेनिस पहिरोमै पुरिएको स्थानीयले जानकारी दिएका छन् ।
पहिरोमा बेपत्ता भएका तीन जनाको शनिवार बेलुका नै शव फेला परेको थियो भन आइतवार विहानबाट खोजी गर्दै जाँदा थप ५ जनाको शव फेला परेको रेग्मीले बताए । घर भन्दा एक किलोमिटर माथिवाट आएको लेदो पहिरोले दुई घर पुर्नुका साथै पाँचओटा घरमा क्षति पु¥याएको छ । पहिरोले करिब २० घर जोखिममा रहेको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जानकारी दिए ।