ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गण्डकी प्रदेशले बजेटमा ल्यायो २ अर्ब ९१ करोडको कोभिड कोष

२०७७ असार, १  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

असार १, कास्की । गण्डकी प्रदेश सरकारले कोरोना भाइरस (कोभिड– १९) को नियन्त्रण तथा उपचारका लागि रू.२ अर्ब ९१ करोड ७६ लाखको कोष बनाउने घोषणा गरेको छ ।

गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेश सभाको बैठकमा आर्थिक वर्ष २०७७ / ०७८ का लागि बजेट प्रस्तुत गर्दै सो कुराको जानकारी दिएका हुन् । उनले यो बजेट कोरोना महामारीको विरुद्धको लडाईमा खर्च गरिने बताएका छन् ।

सबै जिल्ला अस्पतालहरुमा आईसोलेशन वार्ड थप्ने, सबै जिल्ला अस्पतालमा आईसीयू कक्ष सञ्चालन गर्ने तथा अस्पतालहरुको भौतिक पूर्वाधार विकास गर्नका लागि यो रकम खर्च हुने अर्थमन्त्री गुरुङले बताए । 

अर्थमन्त्री गुरुङले कोरोना महामारीबाट धरासयी हुनबाट उद्योग धन्दालाई जोगाउन रू.१ अर्ब बजेट विनियोजन गरेको बताए । उनले व्यवसाय जीवन रक्षा कोषका लागि रू.१ अर्ब विनियोजन गरेको जानकारी दिए । 

उनले प्रदेश सरकारले स्थापना गर्ने गण्डकी विश्वविद्यालयका लागि रू.४२ करोड ७५ लाख  विनियोजन गरेको बताए । यसैगरी उनले मुख्यमन्त्री जलवायु कृषि कार्यक्रमलाई रू.४ करोड २६ लाख बजेट विनियोजन गरेको बताए । उनले कार्यक्रमको निरन्तरता दिँदै उक्त बजेट विनियोजन गरेको जानकारी दिए ।

मुस्ताङ, मनाङमा स्याउ उत्पादन कार्यक्रम, एक बाली एक उत्पादन कार्यक्रमलाई निरन्तरता दिन बजेट विनियोजन गरेको अर्थमन्त्री गुरुङले बताए । बजेटमा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिएको उनले बताए । 

अर्थमन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले कोरोना भाइरसबाट प्रभावित भएको नीजि क्षेत्रको राहातका लागि रू.१ अर्ब  बिनियोजन गरेको जानकारी दिए । उनले यसका लागि ‘व्यवसाय जीवन रक्षा’ शिर्षक दिइएको बताए ।

कोरोना महामारीका कारण ध्वस्त भएको नीजि क्षेत्रको राहातका लागि यो रकम खर्च गरिने उनले बताएका छन् ।उनले गण्डकी प्रदेशको कोरोनाका विभिन्न शिर्षकमा रू.२ अर्व ९१ करोड बजेट विनियोजन गरेको बताए ।

मन्त्री गुरुङले कोरोनाको उपचार, विदेशबाट फर्किएका र प्रदेशमै बेरोजगार भएकालाई रोजगारी दिन र तालिम दिनका लागि रू.२ अर्व ९१ करोड बजेट विनियोजन गरेको बताए । 

उनले संसदमा बजेट प्रस्तुत गर्दै विभिन्न शिर्षकमा बजेट छुट्याएको बताए । गुणस्तर आईसोलेशन बनाउन सबै जिल्ला अस्पताललाई रू.६० करोड ४० लाख, स्वास्थ्यमा रू.१ अर्ब कोरोना र रोजगारीका लागि रू.१८ करोड छुट्याएको बताए ।

मन्त्री गुरुङले आगामी आर्थिक वर्षका लागि अनुत्पादक क्षेत्रको खर्च कटौती गरेको बताए । यद्यपि उनले कुन– कुन क्षेत्रको बजेट कटौती भएको भन्ने कुरा बताउनु अघि चालू आर्थिक वर्षको बजेट र त्यसबाट प्राप्त उपलब्धिको चर्चा गर्न शुरु गरेका थिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)