ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बढी भाडा लिएर नेपाल आउन खोज्ने एयर अरेबियाको उडानमा रोक

२०७७ असार, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

असार १, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकिएको भाडा दरभन्दा बढी भाडा लिएर नेपाल आउन खोजेपछि एयर अरेबियाको उडान रोकिदिएको छ । 

एयर अरेबियाले दुबईबाट काठमाडौंको लागि ५०० डलर लिएर दुबई काठमाडौं उडान गर्ने प्रस्ताव लिएर मन्त्रालयमा आएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाईन्सको भन्दा महँगो भाडा भएको भन्दै प्रस्ताव अस्वीकार गरेको हो । 

नेपालीहरुको उद्धारको लागि नेपाल एयरलाईन्सले सामाजिक उत्तरदायित्व निर्वाह गदै सस्तोमा उडान गर्न तयार भएको र नेपाल एयलाईन्सको भन्दा सस्तोमा जुन सुकै एयरले पनि नेपालीहरुलाई उद्धार गर्नमा कुनै रोकतोक नभएको पर्यटन मन्त्री योगेश भट्टराईल बताए । 

नेपाल एयरलाईन्सको दुबई काठमाडौंको भाडा दर भने ३६० डलर कायम गरिएको छ । एयर अरेबियाले भने  जुन  ५ मा  १६८ जना र एक जना बच्चालाई  ५०० डलरमा दुबईबाट काठमाडौं लिएर आएको थियो । 

यसैबीच आइतवार सलाम एयर ओमन एयर १६६ यात्रु लिएर नेपाल आएको छ । नेपाली राजदूतावाससँगको सहकार्यबाट कोभिड– १९ बाट प्रभावित नेपाली श्रमिकलाई लिएर सलाम एअरको जहाज सोमवार काठमाडौं आएको हो । 

ओमानस्थित नेपाली राजदूतावाससँगको सहकार्यमा सलाम एयरले नेपाली श्रमिकका लागि सुलभ दरमा टिकट उपलब्ध गराएको नेपाली जीएसए आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले बताए  । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)