ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चार्टर उडानको शुल्क प्रकरण प्रतिवेदन आउन समय लाग्ने  

ट्रावल ऐजेन्सिका काजजात अपुग भएकोले पुनः कागजपत्र माग 

२०७७ असार, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

असार २, काठमाडौं । नेपाल वायुसेवा निगमको विमान हङकङ र जापान चार्टर गर्दा ट्राभल एजेन्सीहरुले यात्रुहरुबाट अस्वभाविक रुपमा बढी रकम लिई टिकट विक्री गरिएको भन्ने विषयको अध्ययन प्रतिवेदन आउन थप समय लाग्ने भएको छ । 

ट्राभल एजेन्सिजबाट अनुसन्धानको लागि प्राप्त हुनु पर्ने आवश्यक कागजात पूरा नआएको र पुनः काजगात माग गरिएकोले थप समय लाग्ने  समितिले जानकारी दिएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लकडाउनको समयमा नेपाल एयरलाइन्सको विमान हङकङ र जापान चार्टर गर्दा ट्राभल एजेन्सीहरुले यात्रुहरुबाट अस्वभाविक रुपमा बढी रकम लिई टिकट विक्री गरिएको भन्ने विषयमा अध्ययन गर्न गत जेठ २८ गते मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । 

समितिमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा र नेपाल नागरिक उड्डयन प्राधिकरण हवाई यातायात महाशाखा प्रमुख सदस्य र मन्त्रालयका कानून शाखाका उपसचिव राजन नेपाल, सदस्य सचिवका रुपमा रहेका छन् । 

समितिलाई एकसाता भित्र सत्यतथ्य छानवीन गरी सात दिन भित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको भएपनि सम्बन्धित विषयको कागजात अध्ययन भइरहकोले थप समय लाग्ने मन्त्रालयका सहसचिव तथा समितिका संयोजक सुरेश आचार्यले जानकारी दिए । 

जेठ २८ गते समिति गठनको निर्णय भएपनि ३० गतेमात्र समितिलाई पत्र प्राप्त भएको र त्यस लगत्तै नेपाल वायुसेवा निगम र सम्बन्धित ट्रावल एजेन्सिहरुबाट आवश्यक कागजात मागेर अध्ययन भइरहको उनले बताए । 

‘ती दुवै उडानको बारेमा निगमबाट आवश्यक काजजात प्राप्त भएको छ । तर ट्रावल एजेन्सिहरुबाट केही काजजात अपुग आएकोले फेरि मागिएको छ । सबै कागजात प्राप्त भएपछि मात्र यसबारेमा थप निर्णयमा पुगिने छ,’ उनले भने । समितिले अहिले विमान चार्टर गरी यात्रुहरु ओसार्दा टिकट विक्री गर्ने चार्टर पार्टी  एवं ट्राभल एजेन्सीले यात्रुसँग के कस्तो आधारबाट के कति भाडा लिइएको हो त्यसबारे अध्ययन भइरहेको संयोजक आचार्यले बताए । 

कोभिड–१९ को कारण सिर्जित परिस्थितिले गर्दा नेपालमा रहेका विदेशी तथा भिषा अवधि सकिन लागेका नेपाली यात्रुहरुलाई उद्धार गर्ने क्रममा नेपाल एयरलाइन्सको विमान हङकङ र जापान चार्टर गर्दा ट्राभल एजेन्सीहरुले यात्रुहरुबाट अस्वभाविक रुपमा बढी रकम लिई टिकट विक्री गरेको भनी गुनासो सुनिन आएकोले त्यस विषयमा सत्य तथ्य बाहिर ल्याउन मन्त्रालयले छानविन समिति गठन गरेको थियो । 

यस विषयमा निगमले भने आफूहरुले सो समयको लागि तय भएको चार्टर उडानको दरमा ट्रावल एजेन्सिले चार्टर उडान गरेकोले कति रकम लिए भन्ने आफूहरुलाई थाहा नहुने जानकारी दिएको छ । 

निगमको वाइडवडिको चार्टर गर्दा प्रति घण्टा १ हजार ८००  डलर र न्यारोबडिको प्रतिघण्टा ८ हजार ७०० डलर कायम गरिएको र ट्राभल एजेन्सिहरुबाट निगमले तय गरेको रकम दिएपछि अरु के गरे भन्ने आफूहरुलाई जमनकारी नहुने निगमका प्रवक्ता अर्चना खड्काले बताइन् । 

चार्टर उडानमा जथाभावी भाडा लिन थालेपछि जेठ २६ गते देखि नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कूटनीतिक माध्यमबाट हुने चार्टर उडानबाहेक सबै उडानमाथि रोक लगाएको थियो । 

यस्तै मन्त्रालयले विमान चार्टर गर्दा जुन देशको लागि चार्टर गर्न लागिएको हो, उक्त मुलुकको सम्बन्धित कुटनैतिक नियोगबाट यात्रुहरुको नामावलीसहितको पूर्व स्वीकृति र यात्रहरुसँग लिने भाडा रकम समेत खुलाएर मात्र चार्टर उडानको लागि सम्बन्धित विमान कम्पनीमा निवेदन दिन सक्ने समेत व्यवस्था गरेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)