ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पहिलोपटक रोपाइँअघि धानको समर्थन मूल्य

२०७७ असार, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल author avatar प्रशान्त खड्का

काठमाडौं । सरकारले पहिलोपटक बाली लगाउनुअघि कृषिबालीको समर्थन मूल्य तोक्ने परम्परा बसालेको छ । बाली लगाउनुअघि नै धानको न्यूनतम समर्थन मूल्य तोकेर सरकारले कृषिक्षेत्रमा नयाँ परम्पराको थालनी गरेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र विज्ञ टोलीले प्रस्ताव गरेको मूल्यअनुसार मंगलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य तोकेको हो । किसानलाई प्रोत्साहन गर्न र व्यावसायिक बनाउन बाली लगाउनुअघि नै न्यूनतम मूल्य तोकिएको मन्त्रालयले जानकारी दिएको छ । यसअघि बाली भिœयाउने बेलामा समर्थन मूल्य तोक्ने गरिएको थियो ।

यस वर्ष लगाइने मध्यम धानको मूल्य प्रतिक्वीन्टल रू.२ हजार ८ सय ८५ र मोटा धानको मूल्य रू.२ हजार ७ सय ३५ तोकिएको मन्त्रालयले जानकारी दिएको छ । संरक्षित कृषि, सुनिश्चित बचतअन्तर्गत बाली लगाउनुपूर्व नै समर्थन मूल्य तोक्ने कुरालाई कार्यान्वयन गर्दै यस वर्ष लगाइने धानको मूल्य प्रस्तावित गरिएको कृषिमन्त्री घनश्याम भुसालले बताए ।

खेतीको सबै लागत खर्चमा २० प्रतिशत नाफा र १० प्रतिशत ढुवानी भाडा जोडेर उक्त मूल्य तोकिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता डा.हरिबहादुर केसीको भनाइ छ । मन्त्रालयले किसानलाई निश्चित नाफा (बचत) ग्यारेन्टी हुनेगरी मुख्य बाली वस्तुको न्यूनतम समर्थन मूल्य तोक्ने र बजारमा विक्री नभए त्यही मूल्यमा सरकारले किन्ने व्यवस्था घोषणा गरेको छ । यसै व्यवस्थाअनुसार नै बाली लगाउनुअघि नै धानको न्यूनतम समर्थन मूल्य तोकिएको केसीको भनाइ छ । ‘मन्त्रालयले अहिले धानको मूल्य तोकेको छ भने अब क्रमशः अन्य बालीमा पनि बाली लगाउनुअगाडि नै सर्मथन मूल्य तोक्नेछ । यो निर्णयले किसानले बाली लगाउने योजना र विक्रीको योजना एकैसाथ गर्न पाउनेछन्,’ उनले भने ।   

रासायनिक मलको आपूर्तिमा केही समस्या देखिए पनि मन्त्रालयले सहजीकरण गरिरहेको र विभिन्न प्रदेशमा बाँझो जग्गामा खेती गर्ने क्रम पनि बढेकाले यो वर्ष धान उत्पादनमा केही वृद्धि हुने मन्त्रालयको आकलन छ । रासायनिक मलको हकमा डीएपीको आपूर्ति भइरहेको र धानमा युरिया हाल्ने बेलासम्म त्यो पनि आइसक्ने प्रवक्ता केसीको दाबी छ ।
बाली लगाउनुअगावै समर्थन मूल्य तोक्दा किसानहरूले आपूmले कति धान लगाउने र लगाएको धान बजारमा कतिमा बिक्छ भनेर पहिले नै योजना बनाउन पाउने भएकाले व्यापारीहरूसँग बार्गेनिङ गरेर बेच्न सक्ने प्रवक्ता केसीले बताए । उनका अनुसार यसबाट किसानहरूले फाइदा लिन सक्ने मन्त्रालयको विश्वास छ ।

सरकारले तोकेको मूल्यअनुसार नै किसानले बाली भिœयाएपश्चात् खाद्य तथा व्यापार कम्पनी लिमिटेडले देशभरका विभिन्न स्थानमा रहेका आफना खरीद केन्द्रहरूबाट धान किन्ने गर्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)