ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महिलालाई राख्न छुट्टै क्वारेन्टाइन बनाउँदै पोखरा महागनर

२०७७ असार, ३  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

असार ३, कास्की । पोखरा महागनरपालिकाले महिलाको लागिमात्रै छुट्टै क्वारेन्टाइनको व्यवस्था गरेको छ । महानगरले पोखरा महानगरपालिका वडा नम्बर ३ मा रहेको बुद्ध हस्पिटललाई महिलाहरुका लागि क्वारेन्टाइन बनाएको हो । 

नेपालभन्दा बाहिरबाट आउने महिलाहरुलाई राख्न महानगरले पोखराका विभिन्न स्थानमा आवस्यक ठाउँको खोजी गरिरहेको थियो । पहिला बुद्ध हस्पिटलमा महानगरले क्वारेन्टाइन बनाउन खोज्दा विरोध भएको थियो । 

बुद्ध हस्पिटलमा ५० जना राख्न सक्ने क्षमता रहेको छ । वडा नम्बर ३ का अध्यक्ष रवीन्दबहादुर प्रजुले महिलाका लागि क्वारेन्टाइन बनाउन प्रस्ताव गरेपछि महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ, वडा अध्यक्ष प्रजु, स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा, महानगरका अधिकृत किरण कोइराला सहितको टोलीले क्वारेन्टाइन बनाउने निर्णय गरेको हो ।

उपप्रमुख गुरुङले २० जनाका लागि बेड तयार गर्न निर्देशन दिएकी छन् । ‘स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सहित २० जना राख्न सकिने गरी आवश्यक व्यवस्था मिलाउन उनले निर्देशन दिइन् ।  
महिला पुरुषलाई एकै ठाँउमा राख्दा बलात्कार लगायतका थुपै्र कुरा बाहिर आएका छन्’ उपप्रमुख गुरुङले भनिन् । ‘त्यसैले महिलाका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गरेका छौ ।’ 

क्वारेन्टाइनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी समेत महिला राखिने छ । परिवार सहित आउनेलाई अन्य क्वारेन्टाइनमा राख्न सकिने तर एक्लाएक्लै आउने महिलाहरुलाई छुट्टै राख्ने व्यवस्था गरिएको हो । भारत लगायत अन्य देशबाट आउने महिलालाई नदिपुरमा राखिने छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)