ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बिहीवार आन्तरिक र बाह्य गरी कुल १४ ओटा उडान

२०७७ असार, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

जेठ ४, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआइए) मा बिहीवारमात्र आन्तरिक र बाह्य गरी कुल १४ ओटा उडान अवतरण भएका छन् । 

नेपाली नागरिकलाई विदेशबाट ल्याउन,नेपालमा रहेका विदेशी लैजान तथा विभिन्न उद्धारको लागि यी उडानहरु भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । 

विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले दिएको जानकारी अनुसार बिहीवार एकजना नेपाली र १५ विदेशी गरी १६ जना यात्रु लिएर मलेशिया उडेको हिमालय एयरलाइन्सले मलेसियाबाट ११७ जना नेपालीलाई काठमाडौं ल्याएको छ । 

यस्तै जजिरा एयरले कुवेतबाट १५०, सलाम एयरले कुवेतबाट १४६ जना नेपाली लिएर काठमाडौं आएको छ । दोहाबाट एक जना नेपालीलाई लिएर आएको कतार एयरवेज नेपालबाट २६३ जना विदेशी लिएर फर्किएको छ । यस्तै बिहीवार राती नै विभिन्न समयमा थप अन्तरराष्ट्रिय उडानको तालिका रहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ । 

आन्तरिकतर्फ तारा एयरले काठमाडौं–विराटनगर, सिम्रिक एयर जाजरकोट–काठमाडौं आएको छ । सीता एयर सिमीकोट– काठमाडौं र एयर डाइनेस्टीले बेंसीसहर–काठमाडौं उडान गरेका छन् । यस्तै बुद्ध एयरले काठमाडौं–राजविराज, मनाङ एयरले सोलुखुम्बु–काठमाडौं उडान गरेको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)