ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्वदेश फर्कने नेपाली यात्रुहरुसँग बढि भाडा लिइएको भन्नु निराधार : पर्यटन मन्त्री

बढि भाडा लिने ट्राभल एजेन्सीहरुको लाइसेन्स खारेज गरिने

२०७७ असार, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

असार ४, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्वदेश फर्कने नेपाली यात्रुहरुसँग बढि भाडा भाडा लिइएको भन्नु निराधार भएको बताएका छन् । 

राष्ट्रिय सभामा बिहीवार विनियोजित शीर्षक माथिको छलफलको क्रममा पर्यटन मन्त्रालय सम्बन्धी उठेका प्रश्नहरुको जवाफ दिन क्रममा उनले विदेशबाट फर्कने नेपाली यात्रुहरुसँग दोब्बर, तेब्बर, चौब्बर भाडा लिइएको भन्ने कुरा तथ्यसंगत नभएको बताएका हुन् । 

नेपालीलाई नै उद्दार गर्ने कुरा भएकाले सकेसम्म खर्चमात्र उठ्ने गरि ल्याउनु पर्छ भनेर नेपाल वायुसेवालाई भनेको र सोही अनुसार ल्याउने काम भएपनि कुरा नबुझि नेपाल वायुसेवा निगम विरुद्ध प्रचार गरिएको भन्दै रोष प्रकट गरे । 

२०७७ जेठ १२ को मन्त्रिपरिषद् बैठकले विदेशवाट आउने नेपालीहरुको सहजीकरण गर्न बनेको कार्यविधि अनुसार प्राथमिकताका आधारमा विदेशी विमान सेवा कम्पनीले भन्दा सस्तो दरमा नेपालीहरुलाई नेपाल ल्याएको उनको भनाइ थियो ।

यसमा पनि सरकारले खासगरी खाडी र मलेसियामा काम गर्न जाने श्रमिकहरुको हकमा केही रकम कल्याणकारी कोषको प्रयोग गर्ने बारेमा छलफल भएको बताउँदै उनले सम्बन्धित मन्त्रालयले यसमा सकारात्मक रूपमा लिएको बताए । 

‘विदेशमा खासगरी खाडी र मलेसियामा काम गर्न जाने श्रमिकहरुले केहि निश्चित पैसा कल्याणकारी कोषमा जम्मा गर्नुहुन्छ । त्यो उहाँहरुकै पैसा हो । त्यो पैसा चलाउने कि नचलाउने भन्ने कुरा सम्बन्धित मन्त्री र मन्त्रालयको कुरा हो । मैले भनेको थिएँ, हामी वायु सेवा निगमबाट सय डलरजति भाडा घटाउँछौं, त्यो कोषबाट पनि अलिकति व्यवस्था गरौं र त्यसो गर्दा नेपालीहरुलाई अझ सहज हुन्छ,’ उनले भने । 

यसैबीच कुनै ट्राभल एजेन्सीहरुले अनियमित ढंगले हवाई भाडा लिएको भए त्यस्ता ट्राभल एजेन्सीहरुको लाइसेन्स खारेज गरिने बताएका छन् । केही ट्राभल एजेन्सीहरुले अनियमित ढंगले भाडा दर उठाइरहेको भन्ने गुनासोका आधारमा मन्त्रालयले कमिटी बनाएर छानवीन गरिरहेको जानकारी दिँदै उनले गलत भएको पाइए त्यस्ता लाइसेन्स खारेज हुने बताए ।

‘सप्रमाण हामी त्यो हेर्छौ, त्यस्ता ट्राभल एजेन्सीहरुको लाइसेन्स खारेज हुन्छ । किनकि, ब्रम्हलुट गर्न कहि पनि पाइदैन । सरकार भनेको नियमनकारी निकाय हो, त्यसले नियमन गर्छ’, उनले भने ।  

लकडाउनको अवधि र कोरोना भाइरसको कारणले यतिबेला अन्तरराष्ट्रिय उडानहरु प्रभावित भएको अवस्थामा पनि लकडाउनको अवधिमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अहिलेसम्म) सम्म १०८ ओटा अन्तरराष्ट्रिय उडान भएको मन्त्री भट्टराईले जानकारी दिए । 

मन्त्री भट्टराईका अनुसार यसबीचमा ६६ ओटा यात्रु उडान, ४२ ओटा कार्गो उडान भएको र यात्रु उडानबाट ११ हजार ८५६ जना यात्रुहरु आवत जावत गरेका छन् । विदेशी २५ ओटा वायुसेवाका ५४ ओटा उडानबाहेक सबै उडान नेपालका ४ ओटा वायुसेवाहरुले गरेको मन्त्री भट्टराइले बताए । 

मन्त्री भट्टराईले कोभिड–१९ सबैभन्दा बढी पर्यटन क्षेत्रमा यसको असर देखापरेको उल्लेख गर्दै यसकै कारण भ्रमण वर्ष २०२० लाई स्थगित गर्र्नुपरेको र आगामी आर्थिक वर्षका लागि प्रस्तावित पूँजीगत खर्र्च बजेट समेत कटौति भएको जानकारी दिए । 

यद्यपी ठूला राष्ट्रिय गौरवका पुर्वाधारका कार्यक्रमहरुलाई यथावत् राखिएको र विमानस्थलहरुको निर्माणतर्फ गौतम बुद्ध क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल र निजगढ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई अगाडी बढाउने गरी बजेटको व्यवस्था भएको जानकारी दिए । 

मन्त्री भट्टराईले प्रदेश सरकार, स्थानीय तहसँग समन्वय गरेर हरेक प्रदेशमा मुख्य गन्तव्यहरुको छनौट गर्ने र, त्यसलाई बहुवर्षीय योजनामा रुपान्तरण गर्दै दीर्घकालीन प्रभाव छाड्ने पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न लैजाने समेत बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)