ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मेची नाकाबाट ७१ दिनदेखि निकासी ठप्प

अर्बाैंको नेपाली उत्पादन अलपत्र

२०७७ असार, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । विगत ७१ दिनदेखि मेची नाकाबाट हुने निकासी बन्द हुँदा अर्बाैं रुपैयाँको अलैंची, अदुवा, चिया, अम्रिसो, मुसुरो दाललगायत नेपाली उत्पादन निकासी हुन पाएका छैनन् । यी वस्तु भुटान, भारत र बंगलादेश निकासी हुँदै आएका थिए । तर, नेपाल र भारतमा बन्दाबन्दी शुरू भएयता नेपालबाट यो नाकामार्फत हुने निकासी ठप्प छ ।

भारतको पश्चिमबंगाल सरकारले कोरोना महामारीको कारण देखाउँदै गत चैत २६ गतेबाट भारतको पानीटंकी नाका शिल गरेपछि मेची नाकाबाट हुने आयातनिर्यात ठप्प भएको थियो । तर, १ महीनापछि वैशाख २७ गतेबाट आयात भने खुला गरिदियो । भारतबाट नेपाल भित्रिने सामान आयात भइरहे पनि नेपाली सामान भने निर्यात हुन सकेको छैन ।

मेची भन्सार कार्यालयका अनुुसार नेपालबाट हुने निर्यातमा अवरोध हुँदा यस अवधिमा करीब ३ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार प्रभावित हुनपुगेको छ । गत आर्थिक वर्षको यही अवधिमा २ अर्ब ६१ करोड रुपैयाँ बराबरको सामान यस नाकामार्फत निकासी भएको थियो ।

चालू आर्थिक वर्ष २०७६/७७ को चैत २६ गतेसम्म झन्डै ६ अर्ब रुपैयाँ बराबरको विभिन्न ४५ वस्तु मेची नाकाबाट भारत निकासी भएको छ ।

दिल्लीस्थित नेपाली दूतावासले नाका खोल्न पहल गरेपछि वैशाख २७ गतेबाट पश्चिमबंगाल सरकारले पानीटंकी नाकाबाट नेपालतर्फ निर्यात गर्न दिने तर नेपालबाट आयात गर्न नदिने गरी एकतर्फी मात्र नाका खोलिदियो । जसका कारण मेची भन्सार कार्यालयबाट अहिले नेपालमा आयात मात्र भइरहेको छ भने नेपालबाट निर्यात नभएको ७१ दिन पुगेको छ ।

दैनिक ४ करोड राजस्व संकलन गर्दै आएको मेची भन्सारले नाका एकतर्फी मात्र खुला हुँदा आधाभन्दा कम राजस्व संकलन गरिरहेको छ ।

मेची भन्सार काँकडभिट्टाका प्रमुख ध्रुवबहादुर विश्वकर्माका अनुसार नाका खोल्न दुवैतर्फ कुराकानी भए पनि  सहमति भने हुन सकेको छैन । पछिल्लो समय पश्चिमबंगालमा पनि बन्दाबन्दी खुकुलो भएकाले यही साताभित्र दुवैतर्फको नाका खुल्ने सम्भावना रहेको उनले बताए ।

४५ लाख किलो चिया अड्कियो
नेपाल टी प्लान्टर्स एशोसिएशनका सल्लाहकार उदय चापागाईंले मेची भन्सार नाकाबाट सिलिगुडी पठाउन नसक्दा सीटीसी र अर्थाेडक्स गरी १ अर्ब ८ करोड रुपैयाँ बराबरको चिया उद्योगीहरूको गोदाममै थन्किएको बताए । उनका अनुसार ३० लाख किलो सीटीसी र १५ लाख किलो अर्थाेडक्स चिया अहिले थन्किएको छ । चिया समयमै विक्री गर्न नसक्दा विग्रन सक्ने उनको चिन्ता छ ।

पश्चिमबंगालका चिया उद्योगीहरूको प्रभावमा परेर पश्चिमबंगाल प्रहरी र भन्सार विभागले कोरोनाको हाउगुजी देखाएर मेची भन्सारबाट हुने निकासी रोक लगाउने काम गरेको आरोप उनले लगाए । पश्चिमबंगाल सरकारले त्यहाका चिया उद्योगी र किसानहरूको स्वामित्व लिने गरे पनि नेपालको सरकारले चिया उद्योगी र किसानलाई हेयको दृष्टिले हेर्ने गरेको उनको भनाइ छ ।

२३ लाख किलो अलैंची गोदाममै
अलैंची व्यवसायी महासंघका अध्यक्ष राजकुमार कार्कीका अनुसार अहिले व्यवसायीहरूको १ अर्ब ६० करोड रुपैयाँ बराबरको अलैंची गोदाममा रहेको छ । पानीटंकी नाका बन्द गरेपछि अलैंची निर्यात हुन नसक्दा गोदाममै राख्नुपरेको उनको भनाइ छ । सरोकारवाला निकायहरूमा निवेदन र जानकारी दिए पनि नाका नखुल्दा अलैंची व्यवसायीहरू ठूलो मारमा परेको उनले बताए । अहिले किसानको बाहेक व्यवसायीसँग मात्रै २३ लाख किलो अलैंची स्टकमा रहेको छ । बेलैमा व्यवसायीले भारत निकासी गर्न नपाए अब नया आउने फसलको मूल्यमा समेत त्यसले असर पार्ने उनले बताए । पश्चिमबंगालको सिलिगुडी अलैंची पठाउँदा कोलकाताबाट ल्याब परीक्षण गरेर पठाउनुपर्ने प्रावधान रहेका कारण पनि विराटनगर भन्सारबाट पठाउन नसकिएको उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Keshav NS Adhikari

[Jun 19, 2020 07:22am]

भाइको लुकेको पुच्छर उठेको देख्दा रुष्ठ दाइको दादागिरी, भाइ लाचार । पहिले नै बुझो बुच्याइएका नेताहरुले केहि बोल्न सके पो ?



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)