ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रतिदिन १० हजारको कोरोना परीक्षण गर्ने सरकारको तयारी

मेडिकल सामग्री खरीदका सबै काम स्वास्थ्य मन्त्रालयले नै गर्ने 

२०७७ असार, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

असार ६, काठमाडौं । सरकारले असार १५ गतेदेखि प्रतिदिन १० हजारको कोरोना परीक्षण गर्ने तयारी गरेको छ ।

सरकारले प्रदेश प्रयोगशालाको क्षमता वृद्धि गर्दै जनशक्ति थप गर्दै प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्ने तयारी गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिए ।

शनिवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ढकालले निजी प्रयोगशाला र प्रदेशमा स्थापना भएका प्रयोगशालाको क्षमता विस्तार गरी पीसीआर परीक्षणको दायरा बढाइने जानकारी दिए । 

उनले यसको लागि थप जनशक्ति व्यवस्थापन गर्ने, ल्याबलाई २४ घण्टा सञ्चालन गर्ने र निजी क्षेत्रबाट परीक्षण गर्नेगरी तयारी अगाडी बढाइएको बताए ।

‘जनशक्ति व्यवस्थापन, ल्याबहरूलाई २४ घण्टा सञ्चालन गर्ने, निजी क्षेत्रबाट गरी १० हजारको परीक्षण गर्न सकिन्छ,’ उनले भने । मन्त्री ढकालका अनुसार सरकारले प्रत्येक प्रदेशबाट प्रतिदिन १ हजार निजी क्षेत्रबाट ३ हजारका दरले परीक्षण गर्ने तयारी छ । 

यसैबीच स्वास्थ्य मन्त्री ढकालले स्वास्थ्य सामग्री खरीदमा कुनै अनियमितता नभएको समेत बताएका छन् । पत्रकार सम्मेलनमा मन्त्री ढकालले सबै खरीद प्रकृया विधि र प्रक्रिया अनुसार नै भएको दाबी गरे । मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर नै विशेष अवस्थामा खरीद गर्ने विधि तय गरिएको र त्यही प्रक्रिया अनुसार नै स्वास्थय सामग्री खरीद गरिएको बताए ।

यसैबीच सरकारले मेडिकल सामग्री खरीदका सबै काम स्वास्थ्य मन्त्रालयलाई दिने निर्णय गरेको छ । सिसिएमसीको शुक्रवार बसेको बैठकले सेनाले खरीद गरेको सबा दुई अर्ब बराबरको मेडिकल सामग्री खरीद प्रक्रिया विवादमा परेपछि पुन : विभागीय मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नै खरीद गर्ने निर्णय भएको हो । 

पछिल्लो समय सेनाले जिटुजीमार्फत चीनबाट खरीद गरेको मेडिकल सामग्रीका विषयमा समेत प्रश्न उठेपछि सरकारले फेरि स्वास्थ्य मन्त्रालयमार्फत नै मेडिकल सामग्री खरीद गर्ने निर्णय गरेको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)