ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको पार्किङ क्षमता वृद्धि

रू. १ अर्ब ६ करोडको लागतमा बने दुईओटा ‘पार्किङ वे’ 

२०७७ असार, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

असार ७, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको पार्किङ क्षमता वृृद्धि भएको छ । त्रिभुवन विमानस्थलमा दुई ओटा नयाँ ‘पार्किङ वे’ थपिएसँगै नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थलको पार्किङ क्षमतामा वृद्धि भएको हो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विकास कोष (एडीएफ) को रू. १ अर्ब ६ करोडको लागतमा विमानस्थलमा दुई ओटा ‘पार्किङ वे’ निर्माणकार्य हालै सम्पन्न भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । 

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पहिलोपटक यस्तो ‘पार्किङ वे’ निर्माण गरिएको हो ।  ‘रिमोर्ट पर्किङ वे’ नाम दिइएका दुई अलग अलग पार्किङ वेको निर्माणले विमानस्थलको कन्जेशन हटाउन सघाउ पुग्ने नेपाल नागरिक उडड्यन प्राधिकरणले जानकारी दिएको छ । 

दुईमध्ये एउटा उत्तरपूर्वी क्षेत्रको ‘पार्किङ वे’ गत वर्ष जेठ महीनादेखि नै सञ्चालनमा आइसकेको थियो भने दक्षिण तर्फको ‘पार्किङ वे’ हालै सम्पन्न भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । विमानस्थलको क्षमता विस्तार गर्ने क्रममा प्राधिकरणले यी संरचना निर्माण गरेको हो । 

अन्तरराष्ट्रिय टर्मिनलमा नौओटा विमान मात्र पार्किङ गर्न मिल्ने क्षमता रहेकामा अब दुइओटा ‘पार्किङ वे’ निर्माण सम्पन्न भएपछि १३ ओटा ठूला विमान पार्किङ गर्न सकिने छ ।

उत्तरपूर्व र दक्षिणतर्फका दुईओटै पार्किङ वेमा दुईओटा ठूला (वाइडबडी एयरबस) जहाज र तीनओटासम्म साना (एटीआर) जहाज पार्किङ गर्न सकिने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । ‘रिमोर्ट पर्किङ वे’ सञ्चालनले विमानस्थलको कन्जेशन हटाउन तथा विमानस्थलमा आइपर्नसक्ने अन्य सुरक्षा चुनौती समाधान गर्न सहयोग पुग्ने नेपाल महाप्रबन्धक पोखरेलले बताए ।

‘पहिले हाम्रो विमान पार्किङ क्षमता कम थियो । जसले गर्दा कतिपय अवस्थामा विमानलाई आकाशमै होल्ड गर्नु पथ्यो । अब हामीसँग कम्तीमा पनि थप पाँच ओटासम्म विमान पार्किङ गर्न सक्ने क्षमता वृद्धि भएको छ,’ उनले भने । यसका साथै ग्राउन्डेड भएका जहाज पार्किङ गर्न तथा कतिपय आपतकापनि अवस्थामा पनि यसको उपयोग गर्न सकिने उनले बताए । 

विमानस्थलमा एउटामात्र धावनमार्ग तथा पर्याप्त पार्किङको अभावमा विमानस्थलमा ट्राफिक चाप बढी भएकोमा यसबाट ट्राफिक चाप व्यवस्थापन गर्न केही सहज हुने विमानस्थल विमानस्थल कार्यालयका महाप्रबन्धक देवेन्द्र केसीले बताए । 

‘विमानस्थलमा नियमित बाहेक चार्टर उडान पनि हुने गर्छन् । नियमित सेड्युलका जहाज पार्किङमा भएको अवस्थामा चार्टर उडान हुँदा कहाँ राख्ने भन्ने समस्या हुन्थ्यो । अब यसले हामीलाई पक्कै सहयोग पुग्ने छ, केसीले भने । 

प्रधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार ‘रिमोट पार्किङ वे’ विमानस्थलको मुख्य ‘पार्किङ वे’ भन्दा टाढा निर्माण गरिने वैकल्पिक ‘पार्किङ वे’ हो । विमानमा बम विस्फोट वा आतंककारी गतिविधिको शंका भए उक्त विमानलाई त्यो स्थलमा पार्किङ गर्ने गरिन्छ ।

अन्तरराष्ट्रिय विमानस्थलमा कुनै जोखिमपूर्ण विस्फोटक पदार्थ बोकेको वा अपहरणकारीले कब्जा गरेको जहाज अवतरण गराउन मुख्य पार्किङ क्षेत्रभन्दा केही पर रिमोट ‘पार्किङ वे’ बनाइने गरिएको उनले जानकारी दिए ।  

यस्तै विमानस्थलमा भौतिक तथा मानवीय क्षति नपुगोस भन्नाका लागि तथा यसमा लगेर पार्किङ गरिने प्रवक्ता क्षेत्रीले जानकारी दिए । लकडाउन अघिसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३१ ओटा वायुसेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान गर्दै आएका छन् । 

यस्तै आन्तरिकतर्फ १० हेलिकप्टरसहित २० ओटा वायुसेवा प्रदायक कम्पनीले सेवा दिने गरेका थिए । अहिले लकडाउनको कारण मेडिकल कार्गो, चार्टर तथा उद्धारको लागि हुने उडान उडान मात्र हुने गरेका छन् ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)