ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मेची नाकाबाट निर्यात : आइतवार अम्रिसो बोकेका ६ ट्रक छिरे भारत

चियामा कडाइ गर्दै पश्चिम बंगाल सरकार

२०७७ असार, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । पश्चिमबंगालको पानीटंकी नाकाबाट ७३ दिनपछि नेपाली वस्तुले भारत प्रवेश पाएको छ । आइतवार अम्रिसोको कुचो बोकेका ६ ओटा ट्रकले प्रवेश पाएका हुन् । ती ट्रक भारतको कानपुर र विहारका विभिन्न स्थानका लागि छुटेका हुन् । ३ दिनदेखि मेची पुलमा २४ ओटा मालवाहक ट्रक पानीटंकी नाकातर्पm गए पनि पश्चिमबंगाल प्रहरीले मेची पुलमा नै रोकेको थियो ।

मेची नाकाबाट हुने निर्यात ७३ दिनपछि आंशिक खुलेको हो । कोभिड–१९ को कारण देखाउँदै पश्चिमबंगाल सरकारले चैत २६ गतेबाट पानीटंकी नाका शिल गरेपछि मेची नाकाबाट हुने आयातनिर्यात ठप्प भएको थियो । त्यसको १ महीनापछि वैशाख २७ गतेबाट आयात खुले पनि निर्यात भने हुन सकेको थिएन ।

पश्चिम बंगाल बाहेकका बंगलादेश, भुटान र विहारलगायत अन्य स्थान जाने ट्रकलाई पानीटंकी भन्सारबाट प्रवेश दिइएको छ । तर, पश्चिमबंगालको सिलिगुडी र कोलकाता जाने मालवाहक ट्रकलाई भने पुलमा नै ३ दिनदेखि रोकिएको मेची भन्सारका सूचना अधिकृत भरतराज अधिकारीले जानकारी दिए । निर्यात बन्द भएको लामो समयपछि शुक्रवार बंगलादेशका लागि एक ट्रक कुचो पानीटंकी नाकाले छिर्न दिएपछि नाका आंशिक खुलेको हो । शनिवार दुईओटा अलैंचीका ट्रक दिल्लीका लागि प्रस्थान गरे ।

पश्चिमबंगाल अनलोड हुने अलैंची, चिया, अम्रिसो र अन्य नेपाली उत्पादन बोकेका ट्रक भने पुलमै अलपत्र छन् । पश्चिमबंगाल सरकारले भुटानसँगको जयगाउँ र बंगलादेशसँगको चेंग्राबन्द नाका भने पूर्णरूपमा खोलेको छ । तर, नेपालले प्रयोग गर्दै आएको बंगलादेशसँगको फूलबारी नाका भने पूर्णरूपमा बन्द गरेको छ । बंगलादेशबाट नेपाल आउने औषधि र जुसलगायत उत्पादन उतै रोकिएका छन् ।

मेची भन्सारका प्रमुख ध्रुवराज विश्वकर्माले भारतको पानीटंकी नाकाबाट तेस्रो मुलुक र भारतकै अन्य प्रान्तका लागि भने मालवस्तु आंशिक रूपमा जाने अनुमति दिएको बताए । पश्चिमबंगालको सिलिगुडी र कोलकाता जाने मालवस्तु भने भारतीय भन्सारले यार्डमा समेत जान नदिएर मेची पुलमा नै रोकेको छ । मेची पुलमा १५ ओटा ट्रक भारतीय भन्सारमा जा“चपासका लागि जाने तयारीमा रहे पनि पानीटंकी नाकामा रहेको प्रहरीले जान दिएको छैन ।

भारतको केन्द्रीय सरकारले लकडाउन खुकुलो पारे पनि पश्चिमबंगाल सरकारले कोरोनाको कारण देखाउँदै नेपाली वस्तु सिलिगुडी र कोलकाता निकासी हुन दिएको छैन । जबकी त्यही नाका प्रयोग गरेर अन्यत्र मालवस्तुको निकासी गर्न भने दिइरहेको छ ।

समाचार स्रोतका अनुसार पूर्वी नेपालमा उत्पादित चिया सिलिगुडीका व्यवसायीले किन्ने र दार्जिलिङको चियाको ब्रान्डमा भारतका अन्य शहरमा विक्री गर्दै आएका छन् । दार्जिलिङको चियाको बजार प्रभावित बनेपछि त्यहाँका चिया व्यवसायीको पहलमा पश्चिमबंगाल प्रहरीले नेपाली उत्पादन निकासी हुनबाट रोकेको बताइन्छ । स्रोत भन्छ, ‘अन्य उत्पादनभन्दा उनीहरूले चियालाई नै आफ्नो टार्गेट बनाएका छन् ।’

स्रोतका अनुसार अन्य नाकाबाट भारत निकासी हँुदा कुनै समस्या छैन, तर पानीटंकीबाट पश्चिमबंगाल जाने सामान मात्रै रोकिनुको अर्काे कारण नै छैन । स्रोत भन्छ, ‘केन्द्रीय सरकारले भनेको ममता बनर्जीको सरकारले टेर्दैन, त्यसैले कडा कूटनीतिक कदमविना यो तत्काल खुल्ने सम्भावनासमेत छैन ।’

चिया, अम्रिसो, अलैंची, कर्कट पातालगायत रू. ६ अर्बको सामान पानीटंकी नाकाबाट ७३ दिनदेखि निकासी हुन सकेको थिएन । तर, भारतबाट भने जेठ महीनामा मेची नाका हुँदै २ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ बराबरको सामान भित्रिएको छ । पश्चिमबंगाल सरकारले नेपालमा खाली गरिएका ट्रकसमेत मेची नाका हँुदै पारि जान दिएका छैन । ती ट्रक फर्कंदा विराटनगर नाका हुँदै फर्कने गरेका छन् ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले भारतमा केन्द्रीय सरकारको नीति एउटा र प्रान्तीय सरकारको नीति अर्काे हुँदा दुई सरकार बीचको आपसी विवादमा यहाँका उद्योगी पीडित बन्नुपरेको बताए । पश्चिमबंगाल सरकारले चिया, अलैंची र अम्रिसो समयमा नै सिलिगुडी जान नदिए यहाँका व्यवसायी र किसानले मार खेप्नुपर्ने उनले बताए । ७३ दिनदेखि उत्पादन पठाउन नपाउँदा नाफाभन्दा घाटा बढी बेहोर्नुपर्ने अवस्था सृजना भएको उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)