ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटन व्यवसाय सञ्चालनका लागि सुरक्षा कार्यविधि सार्वजनिक

२०७७ असार, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

असार ८, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोरोना भाइरस सँगसँगै पर्यटन व्यवसाय सञ्चालनका लागि नयाँ सुरक्षा प्रोटोकल (कार्यविधि) तयार गरेको छ । 

पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न संघ संस्थाहरुले करीब तीन महीना लगाएर तयार पारेको उक्त कार्यविधि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सोमवार सार्वजनिक गरेका हुन् । 

मन्त्रालयले विभिन्न निकायसँग छलफल गरी पर्यटन क्षेत्रलाई चलायमान बनाउन सुरक्षित प्रोटोकल सार्वजनिक गरेको हो । कार्यविधिमा होटल, रेष्टुरेन्ट, पर्यटनसँग सम्बन्धित कार्यालय, पर्यटन सवारी सञ्चालन र अन्य पर्यटकीय गतिविधि सञ्चालन गर्दा अपनाउनु पर्ने सावधानी र सहजताको बारेमा उल्लेख गरिएको छ । 

कार्यविधिमा सरसफाई, स्वास्थ्य जाँच,सामाजिक दुरी, तालिम तथा अनुगमनका विषहरु समेट्दै आवश्यक्ता अनुसार सुधार गर्दै थप प्रभावकारी बनाउने कुरामा जोड दिइएको छ ।

यस्तै पर्यटक सवारीको हकमा अन्य सबै स्वास्थ्य सम्बन्धि सबै कार्यविधि अनुसरण गर्दै कारमा एक जना यात्रु, १२ सिट क्षमताको गाडिमा ६ जना, २० सिट क्षमतामा १० जना र ३५ सिट क्षमताको सवारीमा १५ जनामात्र यात्रु राख्नु पर्ने प्रावधान समेटिएको छ । यस्तै साहसिक पर्यटनको क्षेत्रमा हुने गतिविधिमा सामाजिक दूरी कायम गरी कुनै एउटा समूह मात्र, एकै परिवारको मानिस मात्र र त्यो समुहसँगै यात्रा गरेको बाहेक अन्यसँग मिसाएर कुनै गतिविधि नगर्ने गरी कार्य गर्नु पर्ने व्यवस्था गरिएको छ । 

कार्यविधि सार्वजनिक गर्दै मन्त्री भट्टराईले कोभिड– १९ को कारण विश्वभर नै पर्यटन क्षेत्रमा सबैभन्दा बढी असर परेको र नेपालमा पनि त्यसको असर परेको उल्लेख गर्दै आगामी दिनमा यो व्यवसायलाई सुरक्षित ढंगले कसरी कसरी अगाडि बढाउन सकिन्छ भनेर प्राटोकल सार्वजनिक गरिएको बताए । 

‘देशको अर्थतन्त्रलाई चलायमान बनाउने एउटा प्रमुख क्षेत्र अन्तर्गत होटल व्यवसायमा ठूलो लगानी भएको छ । समग्र पर्यटन क्षेत्रले लाखौं रोजगारी सिर्जना गरेको अवस्थामा यस क्षेत्रलाई बचाउन आवश्यक रहेकोले यो कार्यविधिले केही हदसम्म भएपनि सहयोग पुग्ने छ,’ उनले भने । 

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले कोरोनापछि स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर प्रोटोकल बनेको जानकारी दिँदै अब अरु सामान्य दिनमा पनि यस प्रकारको प्रोटोकल आवश्यक भएको बताए । सचिव अधिकारीले यस अघि नै वायुसेवा क्षेत्रको कार्यविधि बनिसकको र अब संग्राहलय लगायत पर्यटकीय क्षेत्रका लागि पनि छुट्टै कार्यविधि बनाइने जानकारी दिए । 

नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले व्यवसाय सञ्चालन गर्ने सबैले अर्थतन्त्र चलायमान बनाउने महत्वपूर्ण क्षेत्र पर्यटन कोरोनाका कारण पूर्ण रुपमा बन्द जस्तै भएकोले केही सहज हुनासाथ यो कार्यविधिले सबैलाई सहयोग पुग्ने बताए । 

वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले कोभिड १९ पछि पर्यटनलाई सेवा र सुरक्षा दुवै दृष्टिकोणका साथ अगाडि बढाउनु पर्ने बताउँदै अवस्था सहज हुनासाथ पहिले आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिनु पर्ने बताए । ‘अन्तरराष्ट्रिय पर्यटनको जग आन्तरिक पर्यटन हो । त्यसैले अब आन्तरिक पर्यटनलाई जोड दिनुपर्छ उनले भने । 

नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य दिपक महतले कोभिड १९ को समयमा पनि नेपालले पर्यटकहरुको उद्धारको लागि राम्रै काम गरेकोले सहज हुनासाथ नेपाल पर्यटकको रोजाईमा पर्ने बताए । उनले  लकडाउनको समयमा लागि ६० देशका ५ हजार पर्यटकको उद्धार गरिएको जानकारी दिए । उनले लकडाउनको कारण ३३ जिल्लामा अलपत्र परेका करीब ५ हजार विदेशी पर्यटकलाई उद्धार गरेको जानकारी दिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)