ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भुक्तानी तथा फर्छ्योट विनियमावली, २०७७ : आईपीओ ल्याउने सोचमा मात्र छन् भुक्तानी सेवा प्रदायक

२०७७ असार, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । भुक्तानी तथा फर्छ्योट विनियमावली, २०७७ ले भुक्तानी सेवा प्रदायक संस्थालाई न्यूनतम २० प्रतिशत सर्वसाधारण शेयर (आईपीओ) जारी गर्न बाटो खुलाएको छ । तर तत्काल कुनै पनि संस्थाले यसको तयारी गरेका छैनन् । विनियमावलीले हाल सञ्चालित भुक्तानी प्रदायक संस्थाहरूले ३ वर्षभित्र आईपीओ जारी गर्न पाउने व्यवस्था गरे पनि सम्बन्धित कम्पनीहरू तोकिएको सीमा पूरा गरी आईपीओ ल्याउने सोचमा मात्र देखिएका छन् ।

विनियमावलीमा व्यवस्था भए अनुसार पब्लिक कम्पनीको रूपमा दर्ता भई बैंकबाट भुक्तानी सेवा सञ्चालन अनुमतिपत्र प्राप्त संस्थाले सेवा प्रारम्भ गरेको ३ वर्षभित्र आईपीओ जारी गर्न सक्नेछन् । उक्त व्यवस्था अनुसार प्रबन्धपत्रमा पब्लिक कम्पनी भनेर दर्ता भएको भुक्तानी प्रदायक संस्थाले अनिवार्य रूपमा आईपीओ जारी गर्नुपर्नेछ ।

हाल राष्ट्र बैंकमा दर्ता भएका १४ ओटा कम्पनीमध्ये आईएमई डिजिटल सोलुसन लिमिटेड अर्थात् आईएमई पे मात्र पब्लिक लिमिटेडको रूपमा दर्ता भएर आएको छ । यो कम्पनी २०७४ असार ५ गते रू. १० करोड चुक्तापूँजीमा दर्ता भएको थियो । सोही चुक्तापूँजीलाई आधार मान्ने हो भने कम्पनीले २० प्रतिशतका हिसाबले रू. २ करोड बराबरको आईपीओ निष्कासन गर्नुपर्छ । राष्ट्र बैंकका अनुसार अवधिको हिसाबले आईएमई पे ३ वर्ष पूरा भइसकेको छ । तर ३ आर्थिक वर्षको वित्तीय विवरण तयार पारेपछि मात्र आईपीओका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिन सक्नेछ । यद्यपि आईपीओ निष्कासनको तयारी नभएको कम्पनीका सुदीप सिग्देलको भनाइ छ । ‘अब बाटो खुलेको छ । संस्थाको पनि योजना हो, तर तत्काल गर्ने कुरा छैन,’ उनले भने । यसअघि आईएमई–पेको प्रबन्धपत्रमा आईपीओ जारी गर्न निवेदन ल्याएका बेला राष्ट्र बैंकले स्वीकृत दिसकेकाले अब सीधै सेबोनमा जान सक्ने राष्ट्र बैंक भुक्तानी विभाग तत्कालीन कार्यकारी निर्देशक रेवती नेपालले बताए ।

यसबाहेकका ई–सेवा फोन पे, सेलकम, सीजी पे, स्प्यारो पे, पे नेप, क्यू पे, नेपाल पे टाइम, स्मार्ट कार्ड नेपाल, मोहर डिजिटल, प्रभु टेक्नोलोजी, ई–नेट पेमेन्ट, फोकसवान पेमेन्ट सोलुसन्स प्रालि र कुराकानी प्रालि भुक्तानी प्रदायक संस्था हुन् । तर यी कम्पनी प्राइभेट लिमिडेडमा दर्ता भएकाले आईपीओ जारी गर्न बाध्यकारी छैन । यद्यपि केही कम्पनीले भने प्रबन्धपत्र संशोधन गरेर आईपीओ ल्याउने सोच बनाएका छन् । यसमध्ये स्प्यारो पे नाममा दर्ता भएको खल्तीले आईपीओ निष्कासनका लागि आवश्यक सीमा पूरा गरेपछि पब्लिक लिमिटेडमा जाने सोच बनाएको बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)