ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखरा महानगरपालिकाको बजेट ६ अर्ब १९ करोड ७१ लाख 

२०७७ असार, १०  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

असार १०,कास्की । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि रू.६ अर्व १९ करोडको बजेट सार्वजनिक गरेको छ । 

बुधवार पोखरा महानगरपालिकाको सातौं नगरसभामा उप–प्रमुख मञ्जु गुरुङले रू.६ अर्ब १९ करोड ७१ लाख ७८ हजारको वार्षिक राजस्व र व्ययको अनुमान पेश गरेकी हुन् । महानगरले चालू आर्थिक वर्षमा रू.७ अर्ब ५४ करोडको बजेट ल्याएको थियो । 

उप प्रमुख गुरुङले पेश गरेको बजेट रू. ६ अर्ब १९ करोडमध्येमा संघीय सरकारले रू.२ अर्ब ५२ करोड ६० लाख अनुदान दिएको छ । यस्तै प्रदेशको रू.१० करोड ५९ लाख पनि समावेश छ ।

कुल अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट प्रदेशले रू.२ अर्ब ६३ करोड १९ लाख ६६ हजार प्राप्त हुने अनुमान रहेको छ । अन्तर सरकारी अख्तियारीबाट रू.८५ करोड प्राप्त हुने महानगरको अनुमान छ । राजस्व बाँडफाडँतर्फ संघीय सरकारबाट रू.३० करोड ६४ लाख र प्रदेश सरकारबाट रू.४ करोड ३७ लाख गरी जम्मा रू.३५ करोड १ लाख प्राप्त हुने अनुमान रहेको छ ।

आन्तरिक स्रोतबाट रू.२ अर्ब ३६ करोड ४२ लाख १२ हजार प्राप्त हुने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७६/ ०७७ को नगर कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरुका लागि चालु खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्थाको रकमसमेत गरी जम्मा अनुमानित रकम रू. ७ अर्ब ५४ लाख आय प्रक्षेपण गरिएको थियो । 

जसमध्येः संघीय सरकार अनुदानबाट रू.२ अर्ब २ करोड ४३ लाख २४ हजार, प्रदेश सरकारको अनुदानबाट रू.५ करोड १४ लाख ४४ हजार अनुमान गरिएको थियो ।

राजस्व बाँडफाँड अन्तर्गत संघीय सरकारबाट रू.४१ करोड ९९ लाख र प्रदेश सरकारबाट रू.३ करोड ८२ लाख, आन्तरिक आय रू.२ अर्ब ७४ करोड २९ लाख १७ हजार, ऋणबाट रू.१० करोड, जनसहभागिताबाट रू.१२ करोड २५ लाख, नगद मौज्दात रू.२२ करोड, सडक बोर्डबाट रू.२ करोड ५० लाख, अन्तर सरकारी अख्तियारीबाट रू.१ अर्ब २६ करोड २५ लाख अनुमान गरिएको थियो ।

आर्थिक वर्ष २०७६/ ७७ को नगर कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यका लागि चालू खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा अनुमानित रकम रू.७ अर्ब ५४ लाख आय प्रक्षेपण गरिएको थियो । 

आर्थिक वर्ष २०७६/ ७७ मा व्ययतर्फ सञ्चित कोषबाट रू.५ अर्ब ७१ करोड ७९ लाख अनुमान गरिएकोमा संघीय सरकारबाट थप सशर्त अनुदान प्राप्त भइ सञ्चित अनुमान रू.६ अर्ब ३८ लाख भएको छ ।

कार्य सञ्चालन कोषबाट व्यय रू.१ अर्ब २८ करोड ७५ लाख अनुमान गरिएकोमा आर्थिक वर्ष २०७६/ ७७ को जेठ मसान्तसम्म रू.३ अर्ब ३१ करोड २० लाख सञ्चित कोषमा रकम आम्दानी भएको छ ।

आर्थिक वर्ष २०७६/ ७७ को जेठ मसान्तसम्म चालू खर्चतर्फ रू.१ अर्ब ३६ करोड २० लाख र पूँजीगत खर्चतर्फ रू.१ अर्ब १० करोड ८३ लाख खर्च भइ चालूतर्फ ५४ दशमलव ५ र पूँजीगततर्फ ३१ दशमलव ५ प्रतिशत खर्च भइ कुल वित्तीय प्रगति ४१ प्रतिशत भएको छ । असार मसान्तसम्म ६० प्रतिशत कार्य प्रगति हुने अनुमान गरिएको छ ।

आयतर्फ हालसम्म रू.३ अर्ब ३१ करोड २० लाख आम्दानी भइ अनुमानको ५५ प्रतिशत लक्ष्य हासिल भएको छ । कोरोना भाइसर कोभिड– १९ ले पारेको प्रभावले आम्दानी र खर्च प्रगति कम भएको महानगरले बताएको छ  ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)