ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कैलाली भन्सारबाट ६ वर्षमा रू. ९१ अर्बको व्यापार घाटा

२०७७ असार, ११  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशको प्रमुख भन्सार नाका कैलाली भन्सार हुँदै चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा रू. १८ अर्ब २५ करोड ५८ लाख बराबरको विभिन्न वस्तु आयात भएको छ भने ५५ करोड ८९ लाख ६६ हजार ९१८ बराबरको वस्तु निर्यात भएको छ । निर्यातको तुलनामा आयात वर्षेनि बढ्दै गएपछि यो भन्सार कार्यालयबाट भारतसँगको व्यापार घाटा ६ वर्षमा ९१ अर्बभन्दा बढी पुगेको छ ।

कैलाली भन्सारबाट आर्थिक वर्ष २०७१/७२ देखि चालू आवको जेठ मसान्तसम्ममा रू. ९१ अर्ब २२ करोड व्यापार घाटा भएको कार्यालयले बताएको छ । कार्यालयको तथ्यांक अनुसार आव २०७१/७२ देखि २०७६/७७ (६ आर्थिक वर्ष)मा क्रमशः ८ अर्ब ५९ करोड ५१ लाख, १५ अर्ब ३२ करोड ३९ लाख, १२ अर्ब ४२ करोड ४० लाख, १६ अर्ब ६२ करोड २२ लाख, २१ अर्ब ५० करोड र जेठ मसान्तसम्म १८ अर्ब २५ करोड ५८ लाख रुपैयाँ बराबरको वस्तु भारतबाट आयात भएको छ । सोही अवधिमा समग्रमा ३ अर्ब ५६ करोड ८९ लाख रुपैयाँ बराबरको वस्तु मात्र निर्यात हुँदा भारतसँगको व्यापार घाटा निकै बढी देखिएको भन्सार कार्यालयका सूचना अधिकारी डिल्लीराज शर्माले बताए ।

कैलाली भन्सार नाकाबाट मुख्यगरी पेट्रोलियम पदार्थ, चामल, गहुँ, मकै, चिनी, बिस्कुट, ट्र्याक्टर, खाने तेल, सुर्तीजन्य पदार्थ, मेशिनरी औजार, फलफूल, तरकारी लगायत वस्तुको आयात वर्षेनि बढ्दो छ । नेपालबाट भने रोजिन, कत्था, सल्फेट, टर्पेन्टाइन तेल, खयर कत्था निर्यात हुने गरेको छ ।

चालू आवका लागि रू. ६ अर्ब ७० करोड ३१ लाख ६६ हजार राजस्व असुलीको लक्ष्य रहेकोमा कोभिड–१९ का कारण प्रभावित भएको कार्यालयले बताएको छ । यो नाकाबाट लकडाउन अवधि (चैत ११ देखि जेठ ३२ सम्म)मा रू. ३७ करोड ६० लाख १२ हजार ७२८ मूल्य बराबरको वस्तु आयात भएको छ भने ४ करोड ४३ लाख ६१ हजार बराबरको निर्यात भएको कार्यालयका कम्प्युटर अपरेटर यज्ञराज जोशीले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)