ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखरा महानगरपालिकाको बजेट रू. ६ अर्ब

२०७७ असार, ११  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नरहरि पौड्याल

कास्की । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि रू. ६ अर्ब १९ करोड ७१ लाख ७८ हजारको बजेट सार्वजनिक गरेको छ । बुधवार पोखरा महानगरपालिकाको सातौं नगरसभामा उपप्रमुख मञ्जु गुरुङले उक्त वार्षिक राजस्व र व्ययको अनुमान (बजेट) पेश गरेकी हुन् । महानगरले चालू आर्थिक वर्षमा रू. ७ अर्ब ५४ करोड रूपैयाँको बजेट ल्याएको थियो ।

रू. ६ अर्ब १९ करोडमध्ये संघ सरकारले रू. २ अर्ब ५२ करोड ६० लाख अनुदान दिएको छ । यस्तै प्रदेशको रू. १० करोड ५९ लाख पनि समावेश छ । कुल अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट प्रदेशले रू. २ अर्ब ६३ करोड १९ लाख ६६ हजार प्राप्त हुने अनुमान रहेको छ । अन्तरसरकारी अख्तियारीबाट रू. ८५ करोड प्राप्त हुने महानगरको अनुमान छ ।

राजस्व बाँडफाँटतर्फ संघीय सरकारबाट रू. ३० करोड ६४ लाख र प्रदेश सरकारबाट रू. ४ करोड ३७ लाख गरी जम्मा रू. ३५ करोड १ लाख प्राप्त हुने अनुमान रहेको छ । यस्तै आन्तरिक स्रोतबाट रू. २ अर्ब ३६ करोड ४२ लाख १२ हजार प्राप्त हुने अनुमान गरिएको महानगरले बताएको छ ।

राजस्व बाँडफाँट अन्तर्गत संघीय सरकारबाट रू. ४१ करोड ९९ लाख र प्रदेश सरकारबाट रू. ३ करोड ८२ लाख, आन्तरिक आय रू. २ अर्ब ७४ करोड २९ लाख १७ हजार, ऋणबाट रू. १० करोड र जनसहभागिता रू. १२ करोड २५ लाख प्राप्त हुने अनुमान गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ को नगर कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यका लागि चालू खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा अनुमानित रकम रू. ७ अर्ब ५४ लाख आय प्रक्षेपण गरिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)