ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गण्डकी प्रदेशमा १६ संक्रमित थपिए, कुल संख्या ८५४ पुग्यो

२०७७ असार, १३  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

असार १३, कास्की । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना पुष्टि भएको हो ।

गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितमा स्याङ्जाका ५, नवलपरासी (पूर्व सुस्ता) का ६ जना र कास्कीका ५ जना रहेका छन् ।

संक्रमितलाई सम्बन्धित जिल्लामा रहेको आइसोलेशन कक्षमा लैजाने तयारी भइरहेको छ । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ८५४ पुगेको छ । गण्डकीमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १५२ पुगेको छ । 

गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट २ जनाले ज्यान समेत गुमाएका छन् । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)