ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटनमन्त्रीको चेतावनी : राम्रो कार्य सम्पादन नगर्ने कर्मचारीलाई हटाउँछु

चालू आवका वाँकी काम १५ दिन भित्र गर्न निर्देशन

२०७७ असार, १४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar टीपी भुसाल

असार १४, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले राम्रो कार्य सम्पादन नगर्ने कर्मचारीलाई हटाइने बताएका छन् ।
 

मन्त्रालयमा आयोजित मन्त्रालय अन्र्तगतको एसएमटी (सिनियर मेनेजमेण्ट टीम) को बैठकमा बोल्दै मन्त्री भट्टराईले आगामी आर्थिक वर्षको शुरुवातवाटै मन्त्रालय काममा ‘प्रोएक्टिभ’ भएर लाग्ने बताए । 

हरेक १ वर्षमा कक्षा चढेजस्तै आफूहरुको पनि एउटा कक्षा चढ्ने बेला आएको उल्लखे गर्दै मन्त्री भट्टराईले चालू वर्षमा सम्पन्न हुन वाँकी काम पनि १५ दिन भित्र गर्न निर्देशन दिए । उनले अब प्रत्येक हप्ता प्रत्येक महाशाखाहरुको कामको रिर्पोटिङ गरिने पनि बताए ।

‘अहिल्यै मैले पूर्व सूचना गरेको छु, साउनवाट हामी काममा ‘प्रोएक्टिभ’ भएर लाग्छौं,राम्रो काम नगर्ने कर्मचारीलाई हटाइन्छ, त्यो बेला मन्त्रीले बलपूर्वक हटायो नभन्नु होला,’ उनले भने । 
आफूले प्रधामन्त्रीसँग, सचिवले आफूसँग कार्यसम्पादन सम्झौता गर्ने गरेको जानकारी दिंदै मन्त्री भट्टराईले अब कर्मचारीहरुले सचिवसँग कार्य सम्पादनको सम्झौता गर्नुपर्ने र उक्त सम्झौताअनुसार काम भए÷नभएको हरेर कसैमाथि पूर्वाग्रह नराखी पुरस्कृत र कार्वाही जे गर्नुपर्ने हो त्यो गरिने बताए । 

मन्त्री भट्टराईले कोभिड–१९ पछि सबै विमानस्थलहरु संचालन गर्ने गरि प्रोटोकलको पूर्वतयारी गर्न, होटल तथा रेष्टुरेण्ट व्यवसाय संचालनका लागि जारी भएको प्रोटोकलको कार्यन्वयन र अनुगमन गर्न पनि सम्बन्धित महाशाखा÷निकाय प्रमुखलाई निर्देशन दिए ।

मन्त्रालयले यस अघि हवाई उडानको लागि र अघिग्लो साता होटल तथा रष्टुरेण्ट,पर्यटनसँग सम्बन्धित कार्यालय  तथा पर्यटकीय गतिविधि सञ्चालनका लागि कार्यविधि जारी गरेको थियो । मन्त्रालयका सचिव केदार बहादुर अधिकारीका अनुसार अब पर्यटन क्षेत्रसँग सम्बन्धित अन्य क्षेत्रको लागि पनि कार्यविधि बनाउँदै लगिने छ ।

 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)