ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखरामा पनि देखियो सलह, कृषक त्रासमा

२०७७ असार, १४  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

असार १४, कास्की । गण्डकी प्रदेशको राजधानी पोखरामा सलह किरा देखिएको छ । शनिवार साँझ नै पोखराका विभिन्न ठाउँमा सलह देखिएको हल्लासहित सामाजिक सञ्जालमा तस्वीर राखिए पनि आइतवार भने पोखराका विभिन्न स्थानहरुमा सलह किरा भेटिएपछि प्रमाणित भएको हो ।

पोखराका विभिन्न स्थानहरुमा सलह भेटिएपछि स्थानीय किसानहरुले सलह किरा लिएर पोखरा महानगरपालिकाको कृषि शाखामा आएपछि महानगरको कृषिशाखाले सहल भएको प्रमाणित गरेको हो । 

महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले पोखराका विभिन्न ठाउँहरुमा सानो संख्यामा सलह भेटिएको बताए । 

उनले ठूलो संख्यामा नदेखिए पनि पोखरा–१७ महतगौंडाका किसानले ८ १० ओटा सलह किरा सहित महानगरको कार्यलयमा पहिचाहन गर्न आएको बताए । बिहान एक जना कृषक सलह लिएर महानगरमै आएका थिए । त्यसको प्रकृति हेर्दा सलह नै हो भन्ने पुष्टि गर्न सकियो ।’ 

बालीमा क्षति पुग्ने गरेर सलह देखिएको जानकारी अहिलेसम्म कतैबाट नआएको महाशाखा प्रमुख कडरियाले बताए ।

उनका अनुसार ठूलो हुल बाँधेर नआए पनि हावाको गतिमा सलह पोखरा आइपुगेको छ । ‘तितरबितर भएर सहल पोखरा आइपुगेको हुनसक्छ’, उनले भने । ‘विभिन्न सरोकारवाला निकायहरुले पहिचानको साथै सहकार्य गर्दै सचेत हुन जरुरी छ ।’

बाली सखाप बनाउने सलह पोखरा पसेसँगै यो क्षेत्रका किसानहरुमा पनि सन्त्रास छाएको छ । गण्डकीको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयकी प्रवक्ता ज्योति क्षेत्रीले सलह गण्डकी पसेपछि के गर्ने भन्नेबारे छलफल चलिरहेको जानकारी दिइन् । उनले धेरै ठूलो संख्यामा सलह किरा नदेखिएको  बताइन् । ‘सानो संख्यामा सलह देखिएपछि मन्त्रालयले यसको नियन्त्रणका लागि के गर्ने भनेर छलफल थालेको छ’ उनले भनिन् ।

नियन्त्रण गर्न र्‍यापिड रेस्पोन्स टिम 
गण्डकी प्रदेशले बाली नासक सलह किरा नियन्त्रणको प्रयास स्वरुप र्‍यापिड रेस्पोन्स टिम गठन गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आइतवार बसेको बैठकले तयारी स्वरुप वरिष्ठ बाली संरक्षण अधिकृत विनोद हमालको संयोजकत्वमा ६ सदस्यीय र्‍यापिड रेस्पोन्स टिम गठन गरेको हो ।

रेस्पोन्स टिमको सदस्यमा वरिष्ठ बाली संरक्षण अधिकृत शालिकराम अधिकारी, वागवानी विकास अधिकृत अर्जुनदेव ज्ञवाली, बाली संरक्षण अधिकृत मिरा चौधरी र सन्जिव बास्तोला र कृषि प्रसार अधिकृत विश्वास काफ्ले सदस्य छन् ।

सलह देखिए चर्को ध्वनी र धुँवाको प्रयोग गरेर किराको झुन्डलाई अन्यत्रै मोड्न, जालीले छोपेर बाली जोगाउन र विषादी प्रयोग गर्न परे सुरक्षित भएर प्रयोग गर्न मन्त्रालयले किसानलाई सुझाव दिएको छ ।

सलहबारे केही बुझ्नु परे वा प्रदेशभर कहीँ समस्या देखिए कृषकले सोझै रेस्पोन्स टिमका पदाधिकारीसँग सम्पर्क गर्न सकिने मन्त्रालयले जानकारी दिएको छ । 

रेस्पोन्स टिमका सदस्य रहेका वागवानी विकास अधिकृत ज्ञवालीले प्रदेशका केही ठाउँमा सानो संख्यामा सलहजस्तै फट्याङग्रा देखिएकाले सलह नै भन्ने पुष्टि गर्न नसकिने बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)