ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रधानमन्त्री पदबाट हटाउन भारत र नेपालभित्रका शक्तिहरू लागिपरे : प्रम

२०७७ असार, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन भारत र नेपालभित्रका शक्तिहरू लागिपरेको आरोप लगाउनु भएको छ । नेपालले आफ्नो अतिक्रमित भूमि समेटेर नक्सा जारी गरेपछि आफूलाई प्रधानमन्त्रीबाट हटाउने खेल शुरू भए पनि आफूलाई कमजोर नठान्न प्रधानमन्त्री ओलीले चेतावनी दिनु भएको छ ।

मदन भण्डारी फाउण्डेशनले आइतवार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले आफ्ना लागि नभई देशका लागि काम गरेको बताउँदै राष्ट्रिय एकताको विषयलाई नेपालले आत्मसात् गरिसकेको स्पष्ट पार्नुभयो । उहाँले भारत र नेपालमा समेत भइरहेका कतिपय गतिविधिलाई संकेत गर्दै नेपालको राष्ट्रियता अरूले सोचे जस्तो कमजोर नभएको बताउनुभयो । ‘नेपालको राष्ट्रियता यति कमजोर छैन, नक्सा छापेबापत, संविधानमा नक्सा सामेल गरेबापत यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भन्ने कसैले नसोचे पनि हुन्छ,’ उहाँले भन्नुभयो ।

नेपालले नक्सा जारी गरेपछि दिल्लीका सञ्चारमाध्यम र दूतावासको सक्रियता बढेको, भित्रभित्रै विभिन्न चलखेल भइरहेको र त्यसमा नेपालका केही नेता समेत लागेको आरोप प्रधानमन्त्री ओलीले लगाउनुभयो । चीनसँग पारवहन सम्झौता गरेपछि सरकार ढले पनि अहिले आप्mनो पार्टी पहिले जस्तो अल्पमतमा नरहेको उहाँको भनाइ थियो । आपूmले ‘नयाँ नक्सा जारी गरेपछि गाह्रो हुन्छ’ भनेको सुनेको भन्दै प्रधानमन्त्री ओलीले नेपालले १४६ वर्षसम्म उपभोग गरेको जमीन १९६२ देखि उपभोग गर्न नपाएको र ५८ वर्षदेखि खोसिएकोले आफ्नो जमीनको स्वामित्व लिनमात्र खोजिएको बताउनुभयो । उहाँले नेपालले अरूको जमीन अतिक्रमण गरेको नभई आफ्नै जमीन फिर्ता ल्याउन नक्सा जारी गरेकोले कुनै गल्ती नगरिएको धारणा राख्नुभयो ।

यसैबीच, मदन भण्डारीको सन्दर्भमा बोल्दै उहाँले नेपाली राजनीतिक परिवर्तनमा मदन भण्डारीको ठूलो योगदान रहेको चर्चा गर्नुभयो । भण्डारी सफल र चामत्कारिक व्यक्तित्व रहेको बताउँदै ओलीले उनका विचारको सैद्धान्तिक पूर्वाग्रही दृष्टिबाट विरोधका लागि विरोध गरे पनि उहाँले अघि सारेका मान्यताको विरोध गर्न त्यति सहज नभएको धारणा राख्नुभयो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)