ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धितोपत्रको दोस्रो बजार आजदेखि खुल्ने

४ घण्टा कारोबार हुने, स्क्रीन रूम बन्द

२०७७ असार, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । गत चैत १० गतेदेखि बन्द धितोपत्रको दोस्रो बजार आज सोमवारदेखि खुल्ने भएको छ । अब जस्तोसुकै परिस्थितिमा पनि बजार बन्द नगर्ने प्रतिबद्धतासहित सबै सरोकारवाला निकायको सुझावका आधारमा बजार खोल्ने निर्णय बोर्डको आइतवारको बैठकले गरेको हो । लकडाउन खुकुलो भई अवस्था सामान्य बन्न थाले पनि बजार खुला गर्ने या नगर्नेमा अन्योलमा रहेको बोर्डले गत आइतवार आफ्नै नेतृत्वमा बजार सम्बद्ध सरोकारवालासहितको अध्ययन समिति गठन गरेको थियो । समितिले नेप्सेको अनलाइन प्रणालीबाट घरमै बसेर कारोबार गर्न सकिने हुदाँ बजार खोल्नुपर्ने सुझाव दिएको थियो । बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले अध्ययन समितिको सुझावअनुसार बजार खुला गर्ने निर्णय गरेको बताए । सोमवारदेखि बजार खोल्ने विषयमा आवश्यक मोडालिटी नेप्सेले तयार गर्ने ढुंगानाले जानकारी दिए । लामो समय बजार बन्द भयो यस्तो अवस्था फेरि पनि आउन नदिन बजार सम्बद्ध सबै सरोकारवाला निकायको भूमिका महŒवपूर्ण हुने ढुंगानाको भनाइ छ ।

नेप्सेले सोमवारदेखिको कारोबार ५ घण्टाबाट घटाएर ४ घण्टा बनाउने निर्णय गरेको छ । बिहान ११ बजेदेखि दिनको ३ बजेसम्म साविककै सर्किटको व्यवस्थाबमोजिम कारोबार सञ्चालन गर्ने नेप्सेको भनाइ छ । सर्किट ब्रेकर, मल्ूय सीमा परिवर्तनमा नियमहरू गत चैत १० गतेभन्दा अघिकै अनुसार हुने निर्णय नेप्से बोर्डले गरेको छ । विवादित अनलाइन कारोबार प्रणालीमा सुधार आएको दाबी गर्दै नेप्सेले अनलाइन कारोबारलाई नै प्राथमिकतामा राखेर कारोबार खुला गर्ने बताएको छ ।

बोर्डले गठन गरेको अध्ययन समिति सदस्यसमेत रहेका लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले लगानीकर्ताको मनोबल बढाउने खालका केही काम भएको र आगामी मौद्रिक नीतिले शेयरबजारलाई सम्बोधन गर्ने सम्भावना भएकाले बजार खोल्दा राम्रो गति लिने अपेक्षा रहेको बताए । ३ महीनाभन्दा बढी समय बन्धक बनेको सम्पत्ति चलायमान बनाउने इच्छा सबै लगानीकर्ताको भए पनि बजार खुल्नेबित्तिकै मार्जिन कलको समस्यामा पर्ने डर भने रहेको उनको भनाइ छ । यस अवस्थामा पुराना मार्जिन कर्जा नवीकरण गर्न नपर्ने र मार्जिन कल तत्काल गर्न नपाउने व्यवस्था गर्न अर्थ मन्त्रालयले परिपत्र एवम् निर्देशन दिनुपर्ने अर्यालको भनाइ छ । धितोपत्र बोर्डले बजार सञ्चालनका लागि ६ बुँदे निर्देशन जारी गरेको छ । निर्देशनअनुसार अर्को व्यवस्था नहुन्जेल स्टक ब्रोकरहरूले स्क्रीन रूम सञ्चालन गर्न पाउने छैनन् । ब्रोकरहरूसँग सम्पर्क गरी सकेसम्म घरैमा बसी कारोबार गर्न बोर्डले भनेको छ । स्वास्थ्य सुरक्षाका उपाय पालना गरी कारोबार गर्नुपर्ने बोर्डले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)